Spread the love

धनगढी, १ असार ।

कैलालीको गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वन क्षेत्रमा टेम्पोलाई भिरबाट खसालिएको घटनामा संलग्नताको आशंकामा १२ जना वन कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले आईतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार जेठ २९ गते गोदावरी सामुदायिक वन क्षेत्रअन्तर्गत भीमदत्त राजमार्ग सडकखण्डको किनारमा वनजंगल अतिक्रमण गरी राखिएको टेम्पोलाई भिरबाट खसालिएको घटनाको अनुसन्धान तीव्र बनाइएको हो ।

घटनाबारे अनुसन्धानका क्रममा डिभिजन वन कार्यालय कैलाली तथा सब–डिभिजन वन कार्यालय अत्तरियामा कार्यरत १२ जना कर्मचारीलाई आवश्यक सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा ल्याइएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले बताए ।

प्रहरीका अनुसार घटनाको वास्तविक कारण, संलग्न व्यक्तिको भूमिका तथा कानुनी पक्षबारे अनुसन्धान गरि आवश्यक कारवाही अघि बढाईने बताए । यो घटनाले वन क्षेत्र व्यवस्थापन, अतिक्रमण नियन्त्रण र सरकारी निकायबीचको समन्वयको विषयलाई समेत चर्चामा ल्याएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्