Spread the love

बुटवल, २३ असोज । 
बुटवलमा विगत लामोसमय देखि एक्सरसाइज तथा जुम्बा अभ्यास हुदै आएको सिद्धेश्वरी मैदानमा कार्यक्रम रोक्न ठूलो संख्यामा प्रहरी परिचालन भएको छ । ब्यायाम मार्फत शारीरिक र मानसिक स्वास्थ्य सचेतना जगाउदै आएको सुनौलो बिहानी फुर्तिलो समूह, सिद्धेश्वरी ग्रुपलाई विभिन्न बहानामा रोक लगाउने काम भएको ग्रुपका अध्यक्ष अनन्त थैवले बताए ।

‘शुक्रबार बिहानै ठूलो समुहमा प्रहरी परिचालन भयो ।’–उनले भने । आफुहरुमाथि ज्यादती हुने गरि प्रहरी प्रशासन भएको उनले आरोप लगाए । केही ब्यक्तिको लहडमा प्रहरी प्रशासनले वास्तविकता नबुझी आफुहरुमाथि मनोबल कमजोर बनाउने वा हतोत्साहित गर्ने गरि काम भएको उनले बताए । केही दिन पहिले ध्वनी प्रदुषण भएको गुनासो आएपछि त्यसै अनुसारको ब्यवस्थापन गरेको भएपनि इगोका रुपमा केही ब्यक्ति बिरोधमा लागेको उनले बताए । ‘प्रात समयमा ब्यायामको विषयलाई विरोध हुदा रातभर होहल्ला गरि हिड्नेहरु प्रति भने यिनीहरु किन आवाज उठाउदैनन ।’– उनले प्रतिप्रश्न गरे ।

स्वास्थ्यप्रति सचेत हुँदै आवश्यक नियम, मापदण्ड तथा सार्वजनिक शान्तिको पालना गरेर भएको नियमित व्यायाममा अवरोध गर्ने काम भएको उनले दाबी गरे । स्वस्थ जीवनशैलीको प्रवद्र्धन, शारीरिक तथा मानसिक स्वास्थ्यमा सुधार र समाजमा सकारात्मक ऊर्जा फैलाउने उदेश्यका साथ आफुहरु बिहानी समयमा स्वतस्फूत रुपमा जुटेर ब्यायाम गर्दै आएको समुहका सदस्य शंकर गिरीले बताए ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख विश्वप्रकाश अर्यालले निक्कै लामोसमयदेखि स्थानियबाट बिबाद उठान भएको बताए । सामाजिक सुरक्षामा खलल पुयाउने र ध्वानी प्रदुषण भएको भन्ने निवेदन परेको हुदा त्यस अनुसार धेरै चरणमा छलफल भएको उनले बताए । समुदायको विश्वास जित्ने गरि आयोजक लाग्नुपर्ने भन्दै उनले कार्यक्रम राम्रो भएपनि स्थानको बारेमा सोच्ने बेला भएको बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्