कैलाली। सुदूरपश्चिम प्रदेशसभाका सचिव देवबहादुर बोगटीको राजीनामा स्वीकृत भएको छ । सभामुख भीम भण्डारीले बोगटीले पदबाट दिएको राजीनामा गत असोज ३१ गते स्वीकृत गरेका हुन् ।
बोगटी २०७८ सालमा प्रदेशसभा सचिवमा नियुक्त भएका थिए। उनको राजीनामा स्वीकृत भएसँगै रिक्त हुने सचिव पदमा नयाँ नियुक्तिका लागि प्रक्रिया अघि बढ्ने भएको छ।
व्यवस्थाअनुसार प्रदेशसभा सचिवको नियुक्ति सभामुखको सिफारिसमा प्रदेश प्रमुखले गर्ने प्रावधान छ ।






















