Spread the love

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२६ कालिकाचोकस्थित एक फार्मेसीबाट ठूलो परिमाणमा लागूऔषधजन्य औषधि बरामद भएको छ । प्रहरीले फार्मेसी सञ्चालिकालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार लागूऔषध ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले कात्तिक ७ गते साँझ करिब ६ बजे जलधारे फार्मेसीमा छापा मारेको थियो । प्रहरीले फार्मेसी सञ्चालिका पोखरा महानगरपालिका–२६ कालिकाचोक निवासी २९ वर्षीया अस्मिता ढुङ्गानाको साथबाट लागूऔषधजन्य औषधि बरामद गरेको जनाएको छ । बरामद औषधिमा कोडिन कोडिप–पी ४ हजार ६०० चक्की, प्रेगाबालिन ४५० चक्की, लोराजेपाम १५० चक्की र क्लोरडियाजेपोक्साइड १६० चक्की रहेका छन् ।

प्रहरीका अनुसार बरामद औषधिसम्बन्धी कसुरमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधको अवैध ओसारपसार तथा कारोबार नियन्त्रणका लागि निगरानी र कारबाहीलाई निरन्तरता दिएको जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्