Spread the love

बुटवल, १ असार ।

रागश्री संगीतालयको प्रस्तुतिमा तयार गरिएको परिवारिक सचेतनामूलक गीत ‘के पिउँछु हिजो मैले…’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । एक कार्यक्रमका बिच बुटल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले गीत सार्वजनिक गरेका हुन । निक्कै मार्मिक गीत भएको भन्दै उनले गीतले एकातिर साथीभाइको लहैलहैमा लागेर मदिरा सेवन गर्दा परिवारमा निम्तिन सक्ने कलह, तनाव र अशान्तिको चित्रण अर्कोतिर श्रीमानले गरेको सानो भूललाई श्रीमतीले अनावश्यक रूपमा ठूलो विषय बनाउँदा परिवारमा उत्पन्न हुन सक्ने दुर्घटना र नकारात्मक परिणामप्रति सचेत गराउने प्रयास गरेको बताए ।

सामाजिक सन्देश बोकेको यस गीतको रचना स्वर्गीय लबकुमार थापाले गरेका हुन् भने निर्देशन रविन्द्र बरालले गरेका छन् । गीतमा सुरेश सेन्चुरीको संगीत, एरेन्ज तथा स्वर रहेको छ । म्युजिक भिडियोमा कलाकार रामचन्द्र बस्याल, तारा वली र सबनम काफ्लेको अभिनय रहेको छ । कलाकारहरूले पारिवारिक जीवनमा देखा पर्न सक्ने यथार्थ घटनाक्रमलाई प्रभावकारी रूपमा प्रस्तुत गरेका छन् ।

गीतले मनोरञ्जनसँगै परिवारमा आपसी समझदारी, सहनशीलता र विश्वासको महत्वलाई उजागर गर्ने प्रयास गरेको संगीतकार सुरेश सेन्चुरी बताउछन । पछिल्लो समय बढ्दो पारिवारिक विखण्डन, घरेलु विवाद तथा मदिरा सेवनका कारण उत्पन्न हुने समस्यालाई केन्द्रमा राखेर निर्माण गरिएको उनले बताए । रागश्री संगीतालयले नेपाली गीत–संगीतमार्फत सामाजिक चेतना फैलाउने उद्देश्यका साथ यस्ता सिर्जनात्मक कृतिहरू निरन्तर सार्वजनिक गर्दै आएको जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्