Spread the love

वीरगञ्ज । पर्सामा ४२ ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगञ्ज र प्रहरी चौकी इनर्वा पर्साबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–१६ बाट उनीहरूलाई पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण ब्युरोले जारी गरेको प्रेस विज्ञप्तिअनुसार २०८३ कात्तिक ७ गते गरिएको कारबाहीका क्रममा तनहुँको म्याग्दे गाउँपालिका–६ का २८ वर्षीय अमित दर्जी र म्याग्दे गाउँपालिका–२ का २९ वर्षीय दीपक परियार पक्राउ परेका हुन् । उनीहरूको साथबाट ४२.७२० ग्राम खैरो हेरोइन र दुई थान मोबाइल फोन बरामद गरेको सह प्रवक्ता प्रहरी नायब उपरीक्षक जिवन निरौलाले बताए ।

बरामद लागूऔषधसहित पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय, वीरगञ्जमा बुझाइएको ब्युरोले जनाएको छ । लागूऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार खैरो हेरोइनको कारोबार तथा ओसारपसारमा संलग्नलाई कसुरको प्रकृतिअनुसार कैद र जरिवानाको व्यवस्था रहेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्