बुटवल, २१ बैशाख । नेपाल नगरपालिका कर्मचारी एशोसिएसन ईकाइ समिति बुटवल उपमहानगरपालिकाले २९ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । ईकाइ समितिले सोमवार बुटवल वडा नं. ८ स्थित मानवसेवा आश्रममा खाधान्न सामाग्री वितरण तथा आश्रममा रहेका ६० जना आश्रितलाई सन्ध्याकालिन भोजन गराएको छ ।
एशोसिएसनका केन्द्रिय महासचिव सितु श्रेष्ठले एशोसिएशन देशभरिका पालिकामा कार्यरत कर्मचारीहरु साझा पेशागत संस्था भएकोले कर्मचारीहरका पेशागत साझा मुद्दाहरुमा बिगतदेखि नै नेतृत्वदायि भुमिका निवाह गरिरहेका र निरन्तर गरि रहने बताए ।
कार्यक्रम नेपाल नगरपालिका कर्मचारी एशोसिएसनका ईकाइ समिति बुटवलका अध्यक्ष अनिल माण्डव्यको अध्यक्षता र इकाई समितिका सचिव त्रिदेव बुढाथोकी को सञ्चालनमा सम्पन्न भएको थियो ।






















