Spread the love

 

पाल्पा, २१ वैशाख । तिनाउ गाउँपालिकास्थित तिलोत्तमा माध्यमिक विद्यालय, झुम्सामा सोमबार वन डढेलो व्यवस्थापन सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक वन समन्वय समिति, तिनाउको आयोजनामा विद्यार्थीहरुलाई लक्षित गरि सचेतनामुलक कार्यक्रम गरिएको हो ।

कार्यक्रममा समितिका अध्यक्ष दलबहादुर गुरुङले सहजीकरण गर्दै वन डढेलोको अर्थ, कारण, असर, नियन्त्रण, रोकथाम, व्यवस्थापन तथा विद्यार्थीको भूमिकाबारे जानकारी गराएका थिए। उनले विद्यार्थीलाई यस्ता विषयमा सचेत बनाउन सके वन संरक्षणमा ठुलो टेवा पुग्ने बताए ।

समितिका वरिष्ठ उपाध्यक्ष प्रेमप्रसाद पाण्डेयले तिनाउ क्षेत्रमा घना जंगल रहेको र डढेलोका कारण बारम्बार समस्या देखिने गरेको उल्लेख गर्दै यसको नियन्त्रणमा विद्यार्थीको भूमिका महत्वपूर्ण हुने बताए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक झबिन्द्र ज्ञवालीले विद्यार्थीलाई डढेलो सम्बन्धी ज्ञान प्रदान गरेकोमा आयोजक संस्थाप्रति धन्यवाद व्यक्त गर्दै सानैदेखि संरक्षणमुखी गतिविधिमा विद्यार्थीलाई संलग्न गराउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा अञ्जली पुरी, सोमप्रसाद पाण्डेय, संस्थाका उपाध्यक्ष शेरजङ्ग थापा तथा शिक्षक खडकबहादुर रायमाझीले कार्यक्रम प्रभावकारी भएको प्रतिक्रिया दिएका थिए । कार्यक्रममा कक्षा ८ देखि १० सम्म अध्ययनरत करिब १५० जना विद्यार्थीको सहभागिता रहेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्