Spread the love

बुटवल, २८ पुस ।
बुटवलमा सम्पन्न सातौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८२ को उपाधि कालिका मानवज्ञान माबिले चुमेको छ । सोमबार सम्पन्न अन्तिम दिनको खेलमा कालिकाले १३ स्वर्ण, १० रजत ५ कास्य पदक जित्दै उपाधिमा लगातार हात पारेको हो । कालिकाले एथलेटिक्स विधामा ११ स्वर्ण पदक जित्न सफल भएको छ ।

कालिकाले लगातार चौथो तथा समग्रमा छैटौपटक राष्ट्रपति रनिङशिल्डको उपाधि चुमेको हो । यसैगरि न्यू होराईजन इंग्लिस बोर्डिङ स्कुलले १२ स्वर्ण, ३ रजत ४ कास्य पदक सहित दोस्रो स्थान हासिल गरेको छ भने गार्गी एकेडेमीले ६ स्वर्ण, ७ रजत र ७ कास्य पदक जित्दै तेस्रो स्थान हासिल गरेको छ ।

प्रतियोगिताको समापन समाहरोमा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्याल, वडाअध्यक्ष हरि प्रसाद श्रेष्ठ, नगर खेलकुद विकास समितिका संयोजक बोनिन पिया लगायतले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरे । प्रतियोगितामा उपाधि विजेता कालिका मानवज्ञान माबिले नगद २० हजार रुपैया, रनिङशिल्ड, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए । दोस्रो हुने न्यू होराईजन इंग्लिस बोर्डिङ नगद १५ हजार र तृतिय हुने गार्गी एकेडेमिले नगद १० हजार, कप मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्