बुटवल, २८ पुस ।
महिला भलिबल खेलाडी उत्पादनमा योगदान दिदै आएको एभरेष्ट ईगलिस बोर्डिङ माबिमा एघारौ जिल्लास्तरीय अन्तर माबि एभरेष्ट कप छात्रा भलिबल प्रतियोगिता २०८२ शुरु भएको छ । सोमबारदेखि विद्यालय परिसरमा प्रतियोगिताको एक समारोहका बिच शिक्षा विकास तथा समन्वय ईकाई कार्यालयका प्रमुख विष्णु प्रसाद पन्थीले उद्घाटन गर्दै विद्यार्थीहरुको चौतर्फी विकासमा खेलकुदको योगदान बारे चर्चा गरे । किताबी ज्ञान दिनेमात्र नभई बाहिरी ज्ञान र खेल क्षेत्रबाट चिनाउने गरि संस्थागत विद्यालयहरुबाट राम्रो लगानी रहेको उनले बताए । सामाजिक र शैक्षिक उत्तरदायित्व निर्वाहमा विधालयहरुबाट भएको कार्यमा निरन्तर साथ र सहयोग रहने उनले प्रतिवद्घता जनाए ।
विद्यालय परिसरमा भएको उद्घाटन खेलमा न्यू होराईजन इगलिस बोर्डिङ माबिले देवदह ई बोर्डिङ माबिलाई २–० को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ । प्रतियोगिताको उपाधि विजेताले नगद ३० हजार, उपविजेताले नगद २० हजार र तृतिय टिमले नगद १० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक अर्जुन घिमिरेले बताए । प्रतियोगितामा १६ विद्यालयहरुले प्रतिस्प्रर्धा गरेका छन ।
कार्यक्रममा विद्यालयका प्राचार्य कृष्ण न्यौपाने शैक्षिकसंगै खेलकुद गतिविधिमा समेत अग्रसर रहदै आएको बताए । खेलकुद दिवस वार्षिक रुपमा गर्दै आएको उनले बताए। साथै नेपालमा नै सबैभन्दा धेरै रुचाईएको खेल भलिबल विकासमा विद्यालय अग्रसर रहेको उनले बताए । खेलकुद खेलाडी उत्पादनमा योगदान दिदै आएको उनले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष दिनेश पाण्डे, रुपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव चन्द्रकान्त आचार्य, अभिभावक संघका रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, खेलकुद पत्रकार मंचका अध्यक्ष सुमन अधिकारी, हिसानका केन्द्रिय सदस्य दिनेश भुषाल, प्याब्सन रुपन्देहीका अध्यक्ष दिपक खनालले खेल सिकाईको पाटो भएको भन्दै यसबाट बालबालिकाहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने बताए ।
कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गम प्रसाद रेश्मीले विद्यार्थीहरुलाई गतिशिल बनाउदै राष्ट्रिय, अन्तरराष्ट्रियस्तरमा पहिचान दिलाउन खेलकुदबाट मदत गर्ने बताए । विश्वमा जित्ने आधार तयार गर्ने गरि विद्यालयस्तरमा हुने खेल गतिविधिबाट नै अनुशासन सिकाउने उनले बताए ।




















