Spread the love

बुटवल, २३ वैशाख ।
लायन्स क्लब अफ बुटवल संसारले मानसिक स्वास्थ्य सम्बन्धि सचेतना दिने गरि ग्रामिण क्षेत्रमा वृहत स्वस्थ्य शिविर गरेको छ । केरवानी स्वास्थ्य चौकी देवदह –२ ढेकावरमा मंगलबार वृहत कार्यक्रम गरेको हो ।

चौतारी हस्पिटलको प्राविधिक सहयोग, लायन्स क्लब अफ बुटवल संसारको आयोजनामा तथा केरवानी स्वास्थ्य चौकीको समन्वयमा भएको शिविरको लायन्स डिष्ट्रिक ३२५ पि का फष्ट भिडिजि सन्दिप कशौधन, केरवानी स्वास्थ्य चौकी देवदह –२ ढेकावरमा प्रमुख काशीराम रेग्मी, देवदह नपा २ का वडाअध्यक्ष तथा स्वस्थ्य चौकी ब्यवस्थापन समितिका अध्यक्ष दल बहादुर रास्कोटीले शुभारम्भ गर्दैै मानविय सेवामा लायन्सको योगदानको चर्चा गरे ।

समुदायमा प्रत्येक ४ जनामा एक जना कुनै न कुनै प्रकारको मानसिक समस्या हुने तथ्याक रहेको हुदा पनि यसको सचेतना जगाउने गरि कार्यक्रम गरेको क्लबका अध्यक्ष गोबिन्द पाण्डेयले बताए ।

स्वास्थ्य अन्तरगत मानसिक स्वास्थ्यलाई अभियानका रुपमा क्लबबाट वर्षभरि नै चलाउदै आएको संयोजक चोपलाल सापकोटाले बताए ।

शिविरमा मानसिक रोग विशेषज्ञ डा. मौसमी थापा, डा सुजल चौलागाईसहित प्राविधिक टिमबाट डेढ सय बढी स्थानियहरुको जाच गरि औषधी वितरण र परामर्श दिईएको क्लबका सचिव उमेश श्रेष्ठले बताए । एशियन फार्माच्युटल्स, ग्रेस र ईन्टास फार्माच्युटकल्सको सहयोगमा १ लाख रुपैया बराबरको औषधी उपलब्ध भएको संयोजक किरण ढकालले बताए।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्