Spread the love

बुटवल, १२ वैशाख ।
बुटवलमा सम्पन्न चौथो जिल्लास्तरीय मेयर कप खुला तेक्वाण्डो प्रतियोगिता २०८३ को क्योरुगी (फाइट) तर्फ 
बुटवल तेक्वाण्डो डोजाङ १२ स्वर्ण, ३ रजत र ३ कांस्य पदकसहित टिम च्याम्पियन भएको छ । यसैगरि बुटवल पब्लिक स्कूल ३ स्वर्ण र ६ रजत पदकसहित दोस्रो तथा त्रिभुवन स्कूल ३ स्वर्ण, ३ रजत र ३ कांस्य पदकसहित तेस्रो स्थान हासिल गरेको छ ।

तेक्वाण्डो खेलको प्रवद्र्धन तथा खेलाडीहरूको क्षमताको विकास गर्ने उदेश्यसहित बुटवल उपमहानगरपालिकाको सहयोगमा बुटवल तेक्वाण्डो डोजाङले आयोजना गरेको प्रतियोगिताको पुम्से तर्फ भने एडेन स्कूल ५ स्वर्ण, ५ रजत र ३ कांस्य पदकसहित पहिलो, भैरहवा तेक्वाण्डो क्लब ४ स्वर्ण, १ रजत र ३ कांस्य पदकसहित दोस्रो तथा प्रभात स्कूल २ स्वर्ण र १ कांस्य पदकसहित तेस्रो स्थान हासिल गरेको छ ।

प्रतियोगितामा 
पुरुषतर्फ ५१ केजी तौल समूहमा बुटवल तेक्वाण्डो डोजाङका आकाश दाहाल, महिलातर्फ ४९ केजी तौल समूहमा बुटवल पब्लिक स्कूलकी अञ्जनी चौधरी उत्कृष्ट फाइटर घोषित हुदै पुरस्कृत भएको संयोजक सुभाष डंगोलले बताए ।
कार्यक्रमको समापन जनप्रतिनिधि हरि प्रसाद श्रेष्ठ, नगर खेलकुद विकास समिति बुटवलका संयोजक बोनिन पिया, डोजाङका अध्यक्ष मदन थापाले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरे ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्