Spread the love

काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत १५ जनालाई १ लाख रुपैयाँ र एक जनालाई १० लाख रुपैयाँको उपहार प्रदान गर्ने घोषणा गरेको छ । शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्लेको उपस्थितिमा विभागले साउन महिनाको पहिलो १५ दिनको कारोबारमा आधारित उपहार कार्यक्रमका विजेता घोषणा गरेको हो ।

विभागका अनुसार विद्युतीय प्रणालीबाट जारी भएका बिल लिने उपभोक्तामध्येबाट गोलाप्रथामार्फत विजेता छनोट गरिएको हो । विभागले आयोजना गरेको पहिलो उपहार घोषणा कार्यक्रममा शिव कृष्ण जनरल स्टोरबाट २५० रुपैयाँ बराबरको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर उपहार जितेका छन् । विभागका अनुसार १ लाख रुपैयाँ उपहार पाउने १५ जना विजेताले कर कट्टीपछि १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपहार रकममा प्रचलित कानुनअनुसार कर कट्टी गरिने विभागले जनाएको छ ।

करदाता प्रोत्साहन उपहार कार्यक्रमको मुख्य उद्देश्य उपभोक्तालाई वस्तु तथा सेवा खरिद गरेपछि अनिवार्य रूपमा विद्युतीय बिल लिन प्रोत्साहित गर्नु हो । यसबाट कारोबारलाई औपचारिक प्रणालीमा ल्याउने, कर छली न्यूनीकरण गर्ने तथा कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउने सरकारको अपेक्षा छ । कार्यक्रमअन्तर्गत आगामी दिनमा पनि नियमित रूपमा उपहार घोषणा गरिने विभागले जनाएको छ । सरकारले करको दायरा विस्तारसँगै डिजिटल बिलिङ र उपभोक्तालाई बिल लिन प्रोत्साहन गर्ने नीतिलाई जोड दिँदै आएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्