बुटवल, १७ असार ।
‘नो भोट’, ‘नो एसएमएस’ तथा ‘फ्री टिकट’ सहित आयोजना हुन लागेको ‘रिभोलुसन डान्स प्रतियोगिता २०८३’ को बुटवल र तिलोत्तमामा भएको पहिलो चरणको अडिसनबाट ३०८ जना प्रतियोगीहरु दोस्रो चरणमा प्रवेश गरेका छन । बुटवल अडिसनमा सहभागि ४ सयबाट २१५ जना, तिलोत्तमा अडिसनमा सहभागी १५० जनाबाट ७५ जना तथा अनलाईनमार्फत ३० जनामध्ये १८ जना दोस्रो चरणका लागि छनौट भएका छन ।
युवा प्रतिभाको प्रस्फुटन तथा नृत्यकलाको प्रवद्र्धन गर्ने उद्देश्यका साथ डि–रेन डान्स स्टुडियोको आयोजनामा नेशन डान्स स्टुडियो रिभोलुसन डान्स प्रतियोगिता सञ्चालन मेगा राउण्ड असार २० गते एभरेष्ट इगलिस बोर्डिङ स्कुलमा हुने नेशन डान्स स्टुडियोका सञ्चालक साजन गुरुङले बताए । मेगा राउण्डपछि बिस्तारै वर्कसप, नलेज टेस्ट, डान्स कोरियोग्राफी लगायतका विभिन्न चरणहरु गर्दै क्वालिफायर राउण्ड हुने छ ।
प्रतियोगितामा उत्साहपूर्ण सहभागीता रहेको कार्यक्रमका सहसंयोजक गौरव क्षेत्रीले बताए । १५ वर्षमुनिका विद्यालयस्तरका विद्यार्थीहरुले नेपाली सांस्कृतिक, क्लासिकल तथा हिपहप विधाका नेपाली गीतहरूमा प्रस्तुति दिएका छन । प्रतियोगिताका विजेताहरूका लागि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रथम हुने प्रतियोगीले ५५ हजार ५५५ रुपैयाँ, द्वितीयले ३३ हजार ३३३ रुपैयाँ तथा तृतीयले ११ हजार १११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।





















