Spread the love

रुपन्देही, वैशाख १२ ।
प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै ३३ पदकसहित पहिलो स्थान हासिल गरेको हो । दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा भारत ७ पदकसहित दोस्रो तथा भुटान ६ पदकसहित तेस्रो स्थानमा रहे । बंगलादेशको सहभागिता रहने भनिए पनि अन्तिम समयमा टोली सहभागी हुन सकेन ।

प्रतियोगितामा करिब २०० खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गरेका थिए । गोजुरीयो करातेका संस्थापक तथा प्रमुख प्रशिक्षक काजी रानाका अनुसार प्रतियोगिताले युवा खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरको अनुभव दिलाउन सहयोग पुगेको छ । तिलोत्तमा नगरपालिकाको कभर्ड हलमा सम्पन्न प्रतियोगिताका विजेता खेलाडी तथा टिमलाई कप, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

तिलोत्तमा नगरपालिका–९ का वडा अध्यक्ष ध्रुव न्यौपाने, सल्लाहकार भरत क्षेत्री, बसन्त रोका क्षेत्री तथा प्रशिक्षक अमीर राईलगायतले विजेता टिम तथा खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगिताको प्राविधिक सहयोग उमेश थापा, माधव घिमिरे, प्रेम राना, विपिन थापा र राजु थापाले गरेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्