काठमाडौं,२२ साउन ।
‘ब्रोड पिक’ हिमाल आरोहणको क्रममा ज्यान गुमाएका पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को शवयात्रा सहित धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरिएको छ । श्रद्धाञ्जली अर्पण कार्यक्रममा गृहमन्त्री सुधन गुरूङले युक्ताको पार्थिव शरीरमा राष्ट्रिय झण्डा र नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको झण्डा ओढाएर सम्मानसहित श्रद्धाञ्जली अर्पण गरेका थिए ।
गुरुङले दशौंपटक सगरमाथाको सफल आरोहण तथा २८ पटक ८ हजार मिटरभन्दा अग्ला हिमाल सफलतापूर्वक आरोहण गरिसकेका छन् । ब्रोड पिकको हिम पहिरोमा गुरुङ, निर्मल पुर्जा लगायत ६ नेपाली पर्वतारोहीसहित १० जनाको ज्यान गएको थियो ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1





















