Spread the love

बुटवल, २८ असार ।
बुटवलको ‘ठमेल’का रूपमा परिचित कालिकापथ क्षेत्र यतिबेला अन्यौलको अवस्थामा पुगेको छ । जिल्ला प्रशासन कार्यालयले राति ११ बजेसम्ममात्र नाइट क्लब तथा मनोरञ्जनस्थल सञ्चालन गर्न निर्देशन दिएपछि यहाँ सञ्चालित रात्रीकालीन व्यवसायको भविष्यलाई लिएर व्यवसायीहरू चिन्तित बनेका छन् ।

हालै भएको चक्कु प्रहार घटनापछि प्रशासनले सुरक्षा व्यवस्थालाई कडाइ गर्दै सञ्चालन समय राति ११ बजेसम्म सीमित गरेपछि व्यवसायीहरू भविष्यप्रति अन्योलमा परेका छन् । उनीहरूका अनुसार नाइट क्लबको मुख्य व्यापार राति ११ बजेपछिको समयमा हुने भएकाले नयाँ व्यवस्थाले आम्दानीमा ठूलो असर पर्नेछ । ‘११ बजेसम्म खोल्नु भनेको बन्द गरेसरह हो ।’– कन्सेप्टका संचालक अतित थापाले खस्यौलीखबरलाई बताए । क्लबमा सेवाग्राहीहरु ११ बजेपछि भित्रने उनको दाबी छ । ‘हामी बन्द भयो भनेर फर्काउनुभन्दा प्रशासनबाट नया निर्देशन कुर्न बाध्य भएका छौ ।’–उनले भने । यसअघि ३ बजेसम्म खोल्न पाउने स्वीकृति रहेको क्लब बन्द हुदा क्लब व्यवसाय, लाइभ म्युजिक, डीजे, कलाकार तथा यस क्षेत्रमा आश्रित सयौं श्रमिकको रोजगारीमा प्रत्यक्ष प्रभाव परेको उनले दुखेसो गरे । साउनको पहिलो हप्ता अनुगमन गरेपछिमात्र खोल्ने समयावधिका बारेमा जानकारी दिने प्रशासनबाट जानकारी गराईएको उनले बताए ।

स्रोतका अनुसार जिल्ला प्रशासन कार्यालयले क्लब तथा अन्य नाइट व्यवसाय सञ्चालनसम्बन्धी नयाँ मापदण्ड सार्वजनिक गर्ने तयारी गरिरहेको छ । यसले सुरक्षा व्यवस्थापन, सञ्चालन समय, निगरानी प्रणाली तथा व्यवसाय सञ्चालनका अन्य पक्षलाई समेट्ने अपेक्षा गरिएको छ । आवासिय र ब्यापारिक क्षेत्र एउटै ठाउमा हुदा समस्या देखिएको जिल्ला प्रशासनको दाबी छ । घटनापछि स्थानिय एक सय बढी महिलाहरुको समुहबाट कालिकापथमा सुरक्षा संवेदशिलताको विषयमा जिल्ला प्रशासन कार्यालयमा दबाब स्वरुप निवेदन दिएको हुदा यस विषयमा अध्ययन प्रतिवेदन सार्वजनिक नहुदासम्म संचालन समयावधि घटाईएको छ ।

होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष माधव कुमार खनालले रुपन्देहीमा ठूलो संख्यामा भारतिय पर्यटकहरु भित्रने गरेको बताए । रात्रीकालिन घुमघामका लागि उपयुक्त थलो रुपन्देही भएको हुदा पनि यहा भारतिय पर्यटकहरु मनोरन्जनका लागि आउने गरेको उनको दाबी छ । उनिहरुले क्लबमात्र नभई होटल, सपिङ मल, रेष्टुरेन्ट लगायतको ब्यवसाय र अर्थतन्त्रलाई नै टेवा दिईरहेको उनले बताए । यहा रहेका क्लबहरु नखुल्दा भारतिय पर्यटक घट्ने र अन्य पेशा ब्यवसाय पनि ठूलो नोक्सान हुने उनको दाबी छ । शान्तिसुरक्षा, ब्यवस्थापनको काम सरकारले गर्नुपर्ने तर्क दिदै उनले नेपालका प्रधानमन्त्री बालेन शाह नै कुनै बेला आएर प्रस्तुति दिएको क्लब बन्द हुदै गर्दा आवश्यक पहल नहुनु दुखद भएको बताए । स्थानिय सरकारले अब कालिकापथ व्यापारिक की आवासीय क्षेत्र छुट्याउन र घोषणा गर्न उनको माग छ ।

गत असार १७ गते बिहान करिब ३ बजे क्लब अगाडि दुई युवामाथि चक्कु प्रहार भएको घटनामा संलग्न रहेको आरोपमा बुटवल उपमहानगरपालिका–११ बुद्धनगर निवासी २९ वर्षीय सुमित गुरुङ (आचे) लाई प्रहरीले पक्राउ गरी गत बुधबार सार्वजनिक गरिसकेको छ । रात्रीकालीन मनोरञ्जन व्यवसायको उर्वर क्षेत्र मानिने कालिकापथमा पछिल्ला केही वर्षयता क्लब, लाउञ्ज, रेष्टुरेन्ट, लाइभ म्युजिक, क्याफे र अन्य मनोरञ्जन व्यवसाय उल्लेखनीय रूपमा विस्तार भएका थिए । यस क्षेत्रले बुटवलको नाइटलाइफ संस्कृति विकाससँगै सयौं युवालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारीसमेत प्रदान गर्दै आएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्