काठमाडौ,२० साउन ।
सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङ्की उक्यावलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्ड सीईओमा याङ्की उक्यावलाई नियुक्त गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए ।
अर्थमन्त्री स्वर्णिम वाग्लेको संयोजकत्वमा रहेको सिफारिस समितिले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो। ती तीन जनामध्येबाट मन्त्रिपरिषदले यांकीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
सिफारिस समितिले लगानी बोर्डको सिइओ नियुक्तिका लागि जेठ २९ गते आवेदन मागेको थियो। त्यसपछि आवेदन दिने म्याद असार १८ गतेसम्म थपिएको थियो। आवेदन दिएका आठ जनामध्ये छोटो सूचीमा परेकाहरूको साउन ७ र ८ गते प्रस्तुति र अन्तर्वार्ता लिइएको थियो।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1





















