Spread the love

काठमाडौं । साताको कारोबारको क्रममा धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज नेप्से परिसूचक १३ दशमलव ८२ अङ्कले घटेर २ हजार ६५४ दशमलव १५ विन्दुमा झरेको हो ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ६२ अङ्कले घटेर ४६४ दशमलव ७३ विन्दुमा पुगेको छ । त्यस्तै, फ्लोट परिसूचक १ दशमलव ०३ अङ्कले घटेर १८२ दशमलव २६ विन्दुमा पुगेको छ भने सेन्सेटिभ फ्लोट परिसूचक शून्य दशमलव ९१ अङ्कले घटेर १५७ दशमलव ३४ विन्दुमा कायम भएको छ ।

आज बजारमा १ करोड ८ लाख ४ हजार ४२६ कित्ता सेयर खरिद–बिक्री हुँदा कुल ४ अर्ब ६२ करोड २७ लाख ७७ हजार ४४२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार भएका १३ उपसमूहमध्ये एक उपसमूहमा मात्रै वृद्धि भएको छ भने बाँकी १२ उपसमूहमा गिरावट आएको छ । आज ६४ कम्पनीको सेयर मूल्य बढ्दा २०२ कम्पनीको मूल्य घटेको छ । यस्तै, १० कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन ।

नेप्सेका अनुसार आज अपर लोहारे खोला हाइड्रोपावर, कलङ्गा हाइड्रोपावर र एनआइबिएल समृद्धि फण्ड–२ का लगानीकर्ताले सर्वाधिक लाभ लिएका छन् । त्यस्तै, एलएस होरिजन, मेगा म्युचुअल फण्ड र लक्ष्मी भ्यालु फण्डलगायतका लगानीकर्ताले आज गुमाएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्