Spread the love

काठमाडौँ ।
पञ्जाव किंग्सले जारी आइपिएलमा लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पञ्जावले लखनउलाई ५४ रनले पराजित गरेको हो । पञ्जावले दिएको २५५ रनको लक्ष्य पछाएको लखनउले २० ओभरमा ५ विकेट गुमाएर २०० रन बनाएको थियो ।

लखनउका लागि ऋषव पन्तले सर्बाधिक ४३ रन बनाएका थिए भने एडन माक्र्रमले ४२, मिचेल मार्चले ४०, आयुष बदानीले ३५ र मुकुल चौधरीले २१ रन बनाएका थिए । त्यस्तै पञ्जावका बलर मार्को जानसेनले २ विकेट लिएका थिए भने अर्शदीप सिंह, युजवेन्द्र चहल र विजयकुमार वैश्यकले एक एक विकेट लिएका थिए ।

यसअघि पहिला ब्याटिंग गरेको पञ्जावले प्रियांस आर्याको ९३ र कूपर कोनोल्लीको ८७ रनको सहयोगले २० ओभरमा ७ विकेट गुमाउदै २५४ रन बनाएको थियो । यो जितपछि पञ्जावको ६ खेलमा ११ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै लखनउको भने ६ खेलमा यो चौथो हार हो ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्