Spread the love

बुटवल, ७ बैशाख ।
मध्यपूर्वमा जारी युद्धका कारण इन्धनको मूल्य वृद्धि भएसँगै दैनिक उपभोग्य वस्तु तथा सेवामा अस्वाभाविक मूल्यवृद्धि भएको भन्दै उपभोक्ता हित संरक्षण मञ्च, रुपन्देहीले गम्भीर ध्यानाकर्षण गराएको छ ।

मञ्चद्वारा जारी प्रेस विज्ञप्तिमा पछिल्लो समय खाद्यान्न, इन्धन, यातायातलगायत जीवनसँग प्रत्यक्ष सम्बन्धित वस्तु तथा सेवाको मूल्य निरन्तर बढ्दै जाँदा सर्वसाधारणको जीवनयापनमा गम्भीर असर परेको उल्लेख गरिएको छ । विशेषगरी न्यून आय भएका र मध्यम वर्गीय परिवारहरू मूल्यवृद्धिबाट अत्यधिक प्रभावित भएको जनाइएको छ ।

विज्ञप्तिमा बजार अनुगमन प्रभावकारी नहुँदा कालोबजारी, कृत्रिम अभाव सिर्जना गर्ने प्रवृत्ति तथा मनोमानी मूल्य निर्धारणजस्ता गतिविधि मौलाउँदै गएको उल्लेख गर्दै यसलाई नियन्त्रण गर्न सम्बन्धित निकायले तत्काल कदम चाल्नुपर्ने माग गरिएको छ ।

मञ्चले सरकारसँग बजार अनुगमनलाई नियमित र प्रभावकारी बनाउन, इन्धनको मूल्यवृद्धिको बहानामा अन्य वस्तुको मूल्य बढाउनेलाई कडा कारबाही गर्न, अत्यावश्यक वस्तुको मूल्य नियन्त्रण तथा आपूर्ति व्यवस्थालाई सुनिश्चित गर्न र उपभोक्ता अधिकार संरक्षणका लागि सशक्त संयन्त्र निर्माण गर्न आग्रह गरेको छ । मञ्चका अध्यक्ष समुन्द्र जिसीले उपभोक्ताको हकहित संरक्षणमा संस्था सधैं प्रतिबद्ध रहेको जनाउँदै सम्बन्धित निकायलाई शीघ्र हस्तक्षेप गर्न अपिल गरेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्