Spread the love

काठमाडौं,७ वैशाख । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज यूएईविरुद्ध  टी–२० सिरिजको पहिलो खेल खेल्दैछ । खेल अपराह्न ५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र यूएई आमनेसामने हुन लागेका हुन् ।

नियमित कप्तान रोहित पौडेलको अनुपस्थितिमा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले टोलीको नेतृत्व सम्हाल्ने छन् । टोलीमा ऐरीसँगै कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ सेख, बसिर अहमद, गुलशन झा, लोकेस बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम र शेर मल्ल रहेका छन् ।वैकल्पिक खेलाडीका रूपमा प्रतिस जीसी, नारायण जोशी र रसिद खान रहेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले खेलका लागि ‘खल्ती’ एपमार्फत टिकटको व्यवस्था गरेको जनाएको छ । पहिलो पटक रोहित पौडेल, सोमपाल कामी, करण केसी लगायतका खेलाडी टी–२० टिमबाट बाहिर रहेका छन् । सिरिजअन्तर्गत दोस्रो खेल भोलि हुनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्