Spread the love

बुटवल, २४ चैत ।
रुपन्देही उद्योग संघमा सोमबार दुई वटा बस्तुगत समिति गठन गरीएको छ । संघमा आवद्ध उद्योगीहरुको भेलाले खाद्यान्न वस्तुगत र कृषि तथा डेरी बस्तुगत समिति गठन गरेको हो ।

खाद्यान्न उद्योगीहरुको भेलाबाट बुटवल रारा मसलाका संचालक दिपक भुसालकोे संयोजकत्वमा पाच सदस्यीय वस्तुगत समिति गठन गरिएको छ । जसको सह–संयोजकमा एक्वा आइस उद्योगका बाबुराम कंडेल, सचिवमा शुभ लाभ अचार उद्योगकी कमला कुवँर के.सी तथा सदस्यहरुमा बसन्ती अचार उद्योगकी बसन्ती खत्री र स्नेहा कन्फेक्सनरी उद्योगका सुनिल जैसवाल रहेका छन । भेलाले समितिको सल्लाहकारहरुमा संघका प्रथम उपाध्यक्ष हरि बहादुर खत्री, कोषाध्यक्ष बिशाल बेलवासे, महिला सचिव मन्जु भुसाल, कार्यसमिति सदस्य रमेश प्रसाद आचार्य र बोलबम फुड प्रोडक्टका देवीराम पाण्डेलाई चयन गरेको छ ।

त्यसैगरी कृषि तथा डेरी उद्योगीहरुको भेलाले यूनाइटेड पोल्टी फर्म उद्योगका संचालक प्रेमहरी तिमिल्सिनाको संयोजकत्वमा पाच सदस्यीय वस्तुगत समिति गठन भएको छ । जसको सहसंयोजक सगुन डेरी उद्योगका हरी देवकोटा, सचिवमा सैनामैना पोल्टी फर्मका लोकनाथ खनाल एवं सदस्यहरुमा अनु पशुपालनकी मिना क्षेत्री र गायत्री डेरी उद्योगका यम बहादुर खत्री रहेका छन । भेलाले समितिको सल्लाहकारहरुमा संघका प्रथम उपाध्यक्ष हरि बहादुर खत्री, कार्यसमिति सदस्य रमेश आचार्य, पार्वति गिरी, पबित्र डेरी उद्योगका मेघराज भण्डारी र शिवगंगा डेरी उद्योगका संचालक विजय सापकोटालाई चयन गरेको छ ।

भेलामा संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले उद्योगीका समस्याहरु संघसम्म ल्याईपु¥याउन समितिका पदाधिकारीहरुलाई आग्रह गरे । साथै समिति क्रियाशिल ढंगबाट औद्योगिक विकासमा कटिवद्ध रहन आग्रह गरे ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्ले, नेपाल डेरी एशोसियसनका पूर्व अध्यक्ष मेघराज भण्डारी, कार्यक्रम संयोजक तथा प्रथम उपाध्यक्ष हरी बहादुर खत्री, संघका महासचिव सुमन वस्याल, संघका द्धितिय उपाध्यक्ष युवराज आचार्य, कोषाध्यक्ष बिशाल बेलवासे, सचिव अशोक कुवँर, महिला सचिव मन्जु भुसाल, सह कोषाध्याक्ष राजु घिमिरेले उपसमिति गठनबाट विगतमा भएका ब्यवसायीहरुलाई हुने लाभबारे जानकारी दिएका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्