काठमाडौँ, २४ चैत ।
गृहमन्त्री सुदन गुरुङ जेनजी सहिद परिवारद्वारा आयोजित श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रममा सहभागी भएका छन् । सोमबार साँझ नयाँ बानेश्वरस्थित पुरानो संघीय संसद भवनको गेट अगाडि आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले दीप प्रज्वलन गर्दै सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
कार्यक्रममा सहभागी हुँदै उनले सहिदहरूको बलिदानको सम्मान गर्दै पीडित परिवारप्रति ऐक्यबद्धता जनाएका थिए । उक्त अवसरमा सहभागी सहिद परिवारहरूले आफूहरूले अझैसम्म पूर्ण न्याय नपाएको गुनासो गरे । उनीहरूले राज्यबाट न्यायिक प्रक्रिया छिटो अगाडि बढाउन मागसमेत गरेका छन् । कार्यक्रममा विभिन्न व्यक्तित्व तथा सर्वसाधारणको समेत उपस्थिति रहेको थियो ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1



















