Spread the love

बुटवल । द बुद्धल्यान्ड युथ क्लबको आयोजनामा सम्पन्न क्रिकेट प्रतियोगिताको उपाधि द फ्रेम फ्याक्ट्रीले चुमेको छ । बेटर फ्युचर एजुकेसन कन्सल्टेन्सीको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको फाइनलमा सत्यम कसौधनको कप्तानीमा रहेको द फ्रेम फ्याक्ट्रीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारेको हो ।

उपाधिसँगै विजेता टोलीले नगद ५१ हजार, ट्रफी, मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत भएको छ । सुमित शर्माको कप्तानीमा रहेको ए टु जेड उपविजेतामा चित्त बुझाउदै नगद २१ हजार पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा प्लेयर अफ द टुर्नामेन्टको उपाधि टिम पीएम स्पोट्र्सका तुलबहादुर थापाले प्राप्त गरे । बेस्ट ब्याट्सम्यान ए टु जेडका सन्देश पन्थी र बेस्ट बलर द फ्रेम फ्याक्ट्रीका राज सुनार घोषित भए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्