बुटवल, २८ असोज ।
रुपन्देहीमा जारी वडास्तरीय दोस्रो जि २५ सेभेन ए साईड भेट्रान्स कप फुटबल प्रतियोगिता २०८३ को उपाधिका लागि डिफेन्डिङ च्याम्पियन बुटवल उपमहानगरपालिका वडा नं. ११ र वडा नं. ४ भिड्ने भएको छ । जि ट्वाईन्टी फाईभ क्लबको आयोजनामा बुधबार भएको पहिलो सेमीफाईनलमा वडा नं. ४ ले वडा नं. २ लाई सडेन डेथमा पाखा लगाउदै उपाधि दाबेदारी गरेको हो । खेलमा वडा नं ४ गोलकिपर लक्ष्मण गौतम प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
बुधबार नै भएको दोस्रो सेमीफाईनलमा वडा नं. ११ ले वडा नं. १३ माथि ४–१ गोल अन्तरले अन्तरले पराजित गर्दै पुनः उपाधिमा बलियो दाबेदारी पेश गरेको छ । वडा नं. ११ को जितमा प्रकाश थापा, देवान गुरुङ र सोम बहादुर थापाले गोल गरे । वडा नं. १३ का देवराज पुनले आफनै पोष्टमा गोल गर्दै विपक्षी टिमलाई अग्रता दिए भने भरत थापाले सान्त्वना गोल गरेका थिए । खेलमा वडा नं ११ का सोम बहादुर थापा (सुरज) प्लेयर अफ दी म्याचबाट पुरस्कृत भएको खेल संयोजक रमेश कुमार जोशीले बताए ।
प्रतियोगिताको विजेता टिमले रु. १ लाख ५ हजार ५ सय ५५ तथा उपविजेताले रु. ५५ हजार ५ सय ५५ पुरस्कार प्राप्त गर्ने छन । यसैगरि उत्कृष्ट खेलाडीलाई रु. ७ हजार ५ सय ५५, सर्वाधिक गोलकर्तालाई रु. ६ हजार ५ सय ५५ र उत्कृष्ट गोलरक्षकलाई रु. ६ हजार ५ सय ५५ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यसवर्ष प्रतियोगितामा फेयर प्ले टिम अवार्डबाट एउटा टिमलाई नगद १० हजार र कपबाट पुरस्कृत गरिने छ । प्रतियोगितामा नगरभित्रका वडास्तरका भेट्रान्स खेलाडीहरुको १२ वटा टिमहरु प्रतिस्प्रर्धा गरेका थिए ।





















