Spread the love

काठमाडौं,२८ असोज ।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्र पुनस्र्थापना र पुनर्निर्माणका लागि मलेसियाले नेपाललाई १० लाख अमेरिकी डलर (१५ करोड रुपैयाँभन्दा बढी) सहयोग गरेको छ । मलेसियाका विदेशमन्त्री दातो सेरी उतामा हाजी मोहम्मद बिन हाजी हसनले नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

नेपालका लागि मलेसियाली नियोगकी कार्यवाहक प्रमुख मुदिता बज्राचार्यले आज विदेशमन्त्री हसनबाट चेक ग्रहण गरेकी हुन् । चेक हस्तान्तरण क्रममा मलेसियाका विदेशमन्त्री हसनले बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकका परिवार तथा प्रभावित नेपालीप्रति समवेदना प्रकट गरे ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्