रुपन्देही ।
विजयादशमी तथा शुभ दिपावली २०८३ को अवसरमा पाल्पा कराम्दीमा टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । ‘स्वर्गिय गिता पाण्डे र स्वर्गिय मिन प्रसाद पराजुलीको स्मृतिमा दोस्रो संस्करण खुला नकआउट टी–२० क्रिकेट प्रतियोगिता–२०८३’ हुने भएको हो ।
प्रतियोगिता आयोजनाका लागि सबै तयारी पुरा भएको समाजका अध्यक्ष नारायण बहादुर पहराईले बताए । क्रिकेटको विकास, खेलकुदमार्फत स्वास्थ्य प्रवद्र्धन तथा युवामा अनुशासन, एकता र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यसहित क्रिकेट खेलको क्रेजलाई मध्येनजर गरि प्रतियोगिता गर्न लागेको उनले बताए । गतवर्षभन्दा पुरस्कार राशीसमेत वृद्धि गरिएको उनले बताए । यो वर्ष टिम सहभागीता समेत बढ्ने देखिएकोे उनले बताए ।
कराम्दी खेल मैदानमा कात्तिक ५ गतेबाट हुने प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेताले ३१ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने समाजका महासचिव तथा खेल संयोजक युवराज पराजुलीले बताए । यसैगरि उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र म्यान अफ द म्याचलाई समेत विशेष पुरस्कार प्रदान गरिने उनले बताए ।
समाजका संस्थापक अध्यक्ष तथा आर्थिक संयोजक तुल्सीराम पराजुली, सहसंयोजक प्रेमप्रकाश पाण्डेले पाल्पा क्षेत्रमा नै क्रिकेटको महत्वलाई अझ बढाउने गरि कार्यक्रम गर्न लागेको बताए । प्रतियोगितामा गतवर्ष लुम्बिनी स्र्पोटस कपिलबस्तु विजेता रहेको थियो ।





















