Spread the love

बुटवल, २३ साउन ।
डिजिटल रूपान्तरण भनेको कागजलाई डिजिटल फाइलमा परिवर्तन गर्नु मात्र नभई काम गर्ने प्रक्रियालाई नै सरल, व्यवस्थित, सुरक्षित र परिणाममुखी बनाउनुभएको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । रोटरी क्लब अफ बुटवलको १६२४औँ नियमित बैठकमा ‘स्मार्ट रोटरी डिजिटल अफिस’ विषयमा आयोजित विशेष कार्यक्रममा संस्थाको प्रशासनलाई कागजरहित, डिजिटल तथा प्रविधिमैत्री बनाउँदै लैजानुपर्नेमा जोड दिइएको हो ।

क्लबका पूर्वअध्यक्ष अजय मान श्रेष्ठले कार्यक्रमको सहजीकरण गर्दै कृत्रिम बुद्धिमत्ता (एआई) तथा डिजिटल प्रविधिको प्रभावकारी प्रयोगमार्फत क्लबका प्रशासनिक तथा संस्थागत गतिविधिलाई सरल, छिटो र प्रभावकारी बनाउन सकिने बताए । डिजिटल अभिलेख व्यवस्थापन, सदस्यता व्यवस्थापन, प्रशासनिक कार्य, परियोजना, प्रतिवेदन तथा सञ्चारलगायतका क्षेत्रमा प्रविधिको प्रयोगले समय र श्रम बचत गर्नुका साथै कार्यदक्षता बढाउन सकिने उनको दाबी छ । रोटरी जस्तो क्लबहरुको सदस्य व्यवस्थापन, डिजिटल फोल्डर संरचना, फाइल नामकरण प्रणाली तथा अभिलेखको सुरक्षित प्रतिलिपि राख्ने नीतिलगायतका विषयमा समेत उदाहरणसहित उनले जानकारी दिए ।

क्लबका अध्यक्ष रो. यदुनाथ पाण्डेले आफनो क्लब यसको शुरुवात गरेको भन्दै हरेक क्लबहरु कागजरहित तथा डिजिटल बनाउने, डिजिटल अभिलेखलाई सुरक्षित र व्यवस्थित राख्ने, आवश्यक व्यक्तिलाई अभिलेखमा उचित पहुँच प्रदान गर्ने तथा एआईको प्रयोगबाट कार्यदक्षता बढाउने विषयमा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा क्लबका पूर्वअध्यक्ष डा. मनोहर जोशी, प्रेसिडेन्ट नोमिनी रोम शर्मा, उपाध्यक्ष खिम नारायण पराजुली, लोकनाथ भुषाल टिकाराम घिमिरे,सार्जेन्ट–एट–आर्मस दिल्ली कुमार श्रेष्ठले स्मार्ट रोटरी डिजिटल अफिस, एआईको प्रयोग तथा डिजिटल अभिलेख व्यवस्थापनलगायतका विषयमा जिज्ञासा राखेका थिए । क्लबलाई प्रतिस्प्रर्धी बनाउदै सदस्यहरुको क्षमता अभिवृद्धि गर्ने गरि विविध रचनात्मक कार्यक्रममा जोड दिदै आएको क्लबका सचिव दिवाकर घिमिरेले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्