Spread the love

काठमाडौं । काठमाडौंको बानेश्वरबाट अनलाइन सट्टेबाजी तथा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को कारोबारमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलवस्तुको वाणगंगा नगरपालिका–६ घर भई हाल काठमाडौं महानगरपालिका–१० बानेश्वर बस्ने ३० वर्षीय नबिन पौडेल तथा सोही स्थानका १९ वर्षीय राहुल वेल्वासे र २८ वर्षीय रविन वेल्वासे रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार साउन २१ गते राति करिब ९ बजे काठमाडौं महानगरपालिका–१० बानेश्वरस्थित क्षेत्रमा शंकास्पद अवस्थामा चेकजाँच गर्ने क्रममा उनीहरूको अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्नता खुलेपछि नियन्त्रणमा लिइएको हो ।

प्रहरीका अनुसार उनीहरूले वन एक्सबेट एप्लिकेसनमार्फत सट्टेबाजी गरी तथा गराई २ लाख ६ हजार रुपैयाँभन्दा बढीको कारोबार गरेको देखिएको छ । यस्तै, यूएसडीटी लगायतका क्रिप्टोकरेन्सी ७९ हजार ६८ दशमलव ६५ यूएसडीटी बराबरको कारोबार गरेको पाइएको प्रहरीले जनाएको छ। उक्त कारोबार नेपाली रुपैयाँमा करिब १ करोड २० लाख ५१ हजार ८ सय ८१ रुपैयाँ १० पैसा बराबर रहेको प्रहरीले जनाएको छ।

उनीहरूको साथबाट १ हजार ५ सय १ दशमलव ३२ यूएसडीटी, अर्थात् नेपाली २ लाख २८ हजार ८ सय ३५ रुपैयाँ ७० पैसा बराबरको क्रिप्टोकरेन्सी मौज्दातसमेत फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरूको साथबाट पाँच थान मोबाइल फोन बरामद गरेको छ।

पक्राउ परेकाहरूविरुद्ध सट्टेबाजी गर्न वा गराउन नहुने तथा अभौतिक मुद्राको कारोबार गर्न नहुनेसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्