बुटवल, २३ साउन ।
देशको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान दिँदै आएका निर्माण व्यवसायीका समस्या समाधानप्रति सरकार गम्भीर हुनुपर्ने रुपन्देहीका निर्माण व्यवसायीहरूले आग्रह गरेका छन् । भुक्तानीमा हुने ढिलाइ, दक्ष तथा अदक्ष श्रमिकको अभाव र युवाको विदेश पलायनका कारण निर्माण क्षेत्र नै धराशायी बन्दै गएको उनीहरूको दुखेसो छ । निर्माण सम्पन्न गरेपछि पनि समयमै भुक्तानी नपाउँदा व्यवसायीहरू आर्थिक दबाबमा परेको र त्यसको प्रत्यक्ष असर निर्माण आयोजनाको काममा समेत परेको उनीहरूले बताएका छन् । पूर्वाधार विकास, राष्ट्र निमार्णको आधार, बनौ सर्वपक्ष जिम्मेवार नारासहित स्थापना भएको लुम्बिनी निर्माण ब्यवसायी संघ शाखा कार्यालय बुटवलले शनिबार बुटवलमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्ने बक्ताहरुले निमार्णमैत्री कानुनहरु कार्यान्वयनमा तीन तहकै सरकारबाट पहल गर्न आग्रह गरे ।
कार्यक्रमको संस्थाका प्रमुख संरक्षक भिम बहादुर श्रेष्ठले उद्घाटन गर्दै समयसापेक्ष निमार्ण क्षेत्रमा ऐन कानुन परिवर्तन भएपनि कार्यान्वयनमा ढिलाई रहेको बताए । केही निमार्ण ब्यवसायीकै कारण समग्र निमार्ण क्षेत्रलाई हेर्ने दृष्टिकोण एउटै बनाउन नहुने उनले बताए ।
कार्यक्रममा नेपाल निमार्ण ब्यवसायी महासंघ केन्द्रको केन्द्रिय उपाध्यक्षमा निर्वाचित सहदेव खड्का, कोषाध्यक्ष उज्वल गौतम, लुम्बिनी प्रदेशको वरिष्ठ उपाध्यक्ष नारायण भुषाल, महासचिव विनय ज्ञवाली, प्रदेशको नितिगत उपमहासचिव किशन ज्ञवाली र सदस्य रामरतन गुप्तालाई सम्मान तथा सफल कार्यकालको शुभकामना दिईएको थियो । यसैगरि
प्रदेश सरकारबाट समयमा नै ठेक्का सम्पन्न गरेर पुरस्कृत भएका संस्थाका सल्लाहकार नरप्रसाद शेरचन र कोषाध्यक्ष चित्र श्रेष्ठलाई समेत कार्यक्रममा सम्मान गरिएको सचिव हिरा श्रेष्ठले बताए ।
कार्यक्रमममा प्रतिनिधि सभा सदस्य मन्जु भुषालले निमार्ण ब्यवसायीहरुको समस्यालाई कानुनी रुपमा समाधानको लागि पहल गर्ने प्रतिवद्घता जनाईन ।
कार्यक्रममा महासंघका प्रदेश वरिष्ठ उपाध्यक्ष नारायण भुषाल, महासचिव विनय ज्ञवाली, प्रदेशको पुर्व उपाध्यक्ष नवराज श्रेष्ठ, प्रदेशका नितिगत उपमहासचिव किशन ज्ञवाली, जिल्ला सल्लाहकार जबिन कक्षपति, शाखाका पूर्वअध्यक्ष मोहनलाल जोशी, यदुनाथ पाण्डेय, पुर्वअध्यक्ष दामोदर शर्मा, छेदीलाल श्रीवास्तव, विश्वेश्वरप्रसाद बश्याल, जिल्ला उपाध्यक्ष विष्णु सुब्बा, महासचिव प्रितम रौनियार लगायतले एभरेज बिडिङ सम्बन्धी कानुनी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन भएमा निर्माण क्षेत्रमा केही सुधार आउने अपेक्षा रहेको बताए ।
कार्यक्रममा जिल्ला शाखाका अध्यक्ष बुद्धि थापाले रुपन्देहीमा छरिएर रहेका निमार्ण ब्यवसायीहरुलाई एकतावद्ध गरि ब्यवसायीक हकहितका साथैै विभिन्न सामाजिक गतिविधिमा आफुहरु अग्रसर रहदै आएको बताए । हाल संस्थामा २२० जना सदस्यहरु आवद्ध छन ।






















