बुटवल, २३ साउन ।
रोटरी क्लबहरुले डिष्ट्रिक्ट ग्रान्टबाट संचालन हुने परियोजनाहरु बढीभन्दा बढी सदुपयोग गर्न रोटरी ईन्टरनेश्नल डिष्ट्रिक ३२९२ का सर्विस कमिटी चेयर राज गौतमले आग्रह गरेका छन । रोटरी क्लब अफ बुटवल डाउनटाउनको शुक्रबार भएको १०८५औँ नियमित बैठकमा उनले डिस्ट्रिक्ट ग्रान्ट तथा टिच अन्तर्गत सञ्चालन हुने कार्यक्रमहरूबारे जानकारी दिदै यस्ता परियोजनाहरुलाई आफनो क्षेत्रमा अनुदान पाउने गरि लाग्न सुझाव दिए ।
ग्लोबल ग्रान्टजस्ता दीर्घकालीन तथा प्रभावकारी परियोजनाहरूलाई क्लबहरूलाई अनुदान उपलब्ध गराइने जानकारी गराउँदै क्लबहरूले पनि विशेष ध्यान दिनुपर्नेमा जोड दिए । डिस्ट्रिक्टले छात्रामैत्री शौचालय निर्माण कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको जानकारी गराउँदै यस क्षेत्रमा सक्रिय हुन क्लबहरूलाई आग्रह गरे ।
कार्यक्रममा क्लबका अध्यक्ष धर्मदत्त ज्ञवालीले यस क्षेत्रमा क्लबबाट गरिएका परियोजनाहरु बारे जानकारी दिदै आफनो कार्यकालमा गर्ने कार्यक्रमबारे प्रकाश पारे । क्लबले अर्घाखाँची जिल्लास्थित भगवती माध्यमिक विद्यालयमा छात्रामैत्री शौचालय निर्माणका लागि डिस्ट्रिक्ट ग्रान्टमा आवेदन दिने निर्णय गरेको समेत उनले बताए । कार्यक्रममा कमल नेपाल, शिव ज्ञवालीले क्लबका गतिविधिहरु बारे प्रकाश पारे ।





















