Spread the love

बुटवल, २७ असार ।
२१३ औं भानुजयन्तीको बुटवलमा माध्यमिक विद्यालय स्तरीय रामायण वाचन प्रतियोगिता सम्पन्न भएको छ । एभरेष्ट इङ्लिस वोर्डिङ स्कुल र ग्रिन सिटी भेईकल्स बुटवलको सहयोगमा ज्ञानज्योति पुस्तकालयले आयोजना गरेको प्रतियोगितामा ज्ञानज्योति मावि प्रथम स्थान हासिल गरेको छ । श्री जनज्योति माविका निश्मा गौतम र निमेश गौतमले उत्कृष्ट वाचन गरेका थिए । प्रतियोगितामा तिनाउ इङ्लिस वोर्डिङ स्कुल द्वितीय, न्यु होराइजन मावि तृतीय तथा दिप वोर्डिङ हाई स्कूल सान्त्वना स्थान हासिल गरेका छन । तिनाउ इङ्लिस बोर्डिङ स्कुलका सोनाक्षी क्षेत्री र सक्षम शाक्य, न्यू होराइजन माविका समिप न्यौपाने र वृन्दा गैरे तथा दीप बोर्डिङ हाइस्कुलका प्रिन्सा पोखरेल र सुप्रिम पोखरेलले रामायण श्लोकहरु वाचन गरे ।

रुपन्देहीका जिल्ला शिक्षा सम्वन्वय प्रमुख विष्णु प्रसाद पन्थीले प्रतियोगिताको उद्घाटन गर्दै पुस्तकालयबाट भानुजयन्तीको अवसरमा विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनलाई जोडेर महत्वपूर्ण योगदान हुने गरि कार्यक्रम गरिएको बताए । आदिकवि भानुभक्त आचार्यको योगदानले नेपाल र नेपालीमा राष्ट्र, राष्ट्रियता, भाषा, कला, भुगोल, संस्कार, संस्कृति, साहित्यको प्रतिनिधित्व र अगुवाई गरेको उनले उल्लेख गरे ।

ज्ञानज्योति पुस्तकालय बुटवलका अध्यक्ष टुक बहादुर क्षेत्रीले भानुभक्तलाई सच्चा स्मरण हुने गरि जिल्लामा विगत लामोसमयदेखी रचनात्मक कार्यक्रम गर्दै आएको बताए । विद्यार्थीहरुलाई थोरै भए पनि आदिकविको योगदान र ज्ञान सिक्ने, सिकाउने प्रयासका रुपमा कार्यक्रम भएको बताए । विभिन्न आरोह अवरोह पार गर्दै विभिन्न समयमा विभिन्न सामाजिक, बौद्धिक व्यक्तित्वहरुको सहयोग र सहभागितावाट पुस्तकालय आफ्नो भवनमा इलाईब्रेरीसम्मको ब्यवस्था गर्न सफल भएको बताए ।

कार्यक्रममा एभरेष्ट इङ्लिस वोर्डिङ स्कुलका सह प्राधानाध्यापक भिमसेन गौतम, निर्णायकहरु साहित्यकार रमेश समर्थक र शंकर पाण्डे, छन्दवादी समाजका संस्थापक अध्यक्ष कविराज पौडेल, पुस्तकालयका सदस्य एवं अधिवक्ता ज्ञानु केसीले नेपाली साहित्य पठन संस्कृतिप्रति नया पुस्तामा रुचि घट्दो रहेको बेला यसरी गरिएको कार्यक्रम धेरै फलदायी भएको बताए ।
कार्यक्रममा कलाकारहरु भुवन अधिकारी, पुरुषोत्तम भण्डारी “पुर्खे बा“ तथा विद्यार्थीहरुले समेत प्रतिभा प्रस्तुत गरेका थिए । प्रतियोगितामा रुपन्देहीका २० विद्यालयहरुका ४० जना विद्यार्थीहरुले रामायण पाठ गरेको प्रोफेसर प्रकाश सुवेदीले बताए । बिसं २०५८ सालदेखि संचालन हुदै आएको पुस्तकालयमा ५८ सय पुस्तकहरु रहेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्