बुटवल, ३ असार ।
फिफा विश्वकप २०२६ मा नर्वेले विजयी सुरुवात गरेको छ । अमेरिकाको बोस्टन स्टेडियममा बुधबार बिहान भएको समूह ‘आई’को खेलमा नर्वेले इराकलाई ४–१ गोलअन्तरले पराजित गरेको हो ।
नर्वेको जितका लागि स्टार ट्राइकर एर्लिङ हालान्डले शानदार दुई गोल गरे । उनले खेलको २९ औँ र ४३ औँ मिनेटमा गोल गरे । खेलको ३९ औँ मिनेटमा इराकका अयाम हुसैनले गोल फर्काएका थिए । पहिलो हाफमा खेल २–१ को स्थितिमा थियो । ७३ औं मिनेटमा लियो ओस्टिगार्डले गोल गर्दै ३–१ को स्थितिमा लगेको थिए ।
इराकका आयमेन हुसेनले अन्तिम समयमा आत्मघाती गोल गर्न पुगेपछि नर्वेले आफ्नो पहिलो खेल इराकविरुद्ध ४–१ को जित दर्ता गरेको हो । फिफा वरीयतामा नर्वे ३१ औँ स्थानमा छ भने इराक ५७ औँ स्थानमा छ । यो जितसँगै विश्वकप–२०२६ मा नर्वेले स्पष्ट ३ अंक जोडेको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1





















