Spread the love

बुटवल, १९ साउन ।
नेकपा एमालेका केन्द्रीय कमिटी सचिव छविलाल विश्वकर्माले राजनीतिक प्रतिशोधका गतिविधि स्वीकार्य नहुने बताएका छन । फागुन २१ गते प्रकट भएको जनमतलाई एमालेले स्वीकार गर्दै वर्तमान सरकारलाई सफल कार्यकालको शुभकामना तथा बधाई दिएको भन्दै उनले जनअपेक्षाअनुसार जनअभिमतको सम्मान हुने गरी काम गर्नुको साटो राजनीतिक प्रतिशोधमा लागेको आरोप लगाए ।

बुटवलमा आयोजित एमाले रुपन्देही जिल्ला कमिटीको विस्तारित बैठक तथा ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण कार्यक्रममा बोल्दै विश्वकर्माले एमाले अध्यक्षमाथि हात हाल्ने काम गरिएको आरोप लगाउँदै त्यसलाई आफूहरूले प्रतिशोधपूर्ण कदमका रूपमा बुझेको बताए । त्यसलगत्तै पार्टीका उपाध्यक्षमाथिसमेत प्रतिशोध साध्ने काम भएको उनको आरोप थियो । ‘हामीले गुण र दोषका आधारमा सरकारसँगका धारणा तय गर्ने भनेका थियौं,’ उनले भने, ‘तर एमाले अध्यक्षमाथि हात हाल्ने काम गरियो । यो सिधै प्रतिशोधपूर्ण भएको पुष्टि भएको छ ।’ विश्वकर्माले एमाले संविधान र कानुनको शासनप्रति प्रतिबद्ध रहेको स्पष्ट पारे । ‘संविधान, कानुन यसमाथि हाम्रो उपेक्षा छैन,’ उनले भने, ‘तर राजनीतिक आग्रह र प्रतिशोध साध्ने मनसायका साथ नेकपा एमालेलाई छुने, चलाउने गरियो भने एमालेले त्यसको प्रतिवाद गर्छ ।’ उनले सरकारलाई यहीँबाट खबरदारी गर्न चाहेको बताए । ‘मैले यहीँबाट सरकारलाई खबरदारी गर्न चाहन्छु,’ विश्वकर्माले भने, ‘राजनीतिक आग्रह र प्रतिशोधका आधारमा अघि बढ्ने काम भए एमाले चुप लागेर बस्दैन ।’

‘संगठित सुदृढीकरण, जनसम्बन्ध विस्तार र समृद्ध नेपालको आधार’ भन्ने नारासहित नेकपा एमाले रुपन्देही जिल्ला कमिटीको विस्तारित बैठकमा रुपन्देही ईन्चार्ज खिमलाल भट्टराईले देशको वर्तमान अवस्था र परिस्थितिमा धेरै परिवर्तन आएको बताए । केहि समय अघि पार्टी संगठित भएर अघि जानसक्नेमा प्रश्न उब्जिएको भन्दै पछिल्लो समयमा सदस्यता उत्साहपूर्ण वृद्धि भएको बताए । एमाले सत्तामा हुदा प्रश्न गर्ने ठाउमा रहेको दल भने सत्ता पुगेपछि काम गर्न भने नसकेको उनले दाबी गरे । प्रश्न गर्ने र काम गर्ने फरक हुने पुष्टि भएको उनले बताए ।

सुकुम्बासी, अब्यवस्थित बसोबासी जस्ता कुनै क्षेत्रमा सरकारको स्पष्ट धारणा र योजना आउन नसकेको उनले दुखेसो गरे । अहिलेको सरकारमा भएको बाल सुलभ प्रवृत्तिलाई जनताले बुझिसकेको दाबी गर्दै उनले प्रतिशोधको राजनीतिककै कारण कमजोर भएको दाबी गरे । कार्यक्रममा जिल्ला अध्यक्ष यज्ञ गैरेले आगामी स्थानिय निर्वाचन लक्ष्य गरि पार्टी सदस्यता, संगठन बिस्तारसहित बैठकबाट रुपन्देही जिल्लाका १६ वटै नगरमा कमिटि गठन गरिएको बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्