Spread the love

बुटवल, १९ साउन ।

विद्यार्थीमा प्रविधि, नवप्रवर्तन र सिर्जनशीलता विकास गर्ने उद्देश्यले आयोजना हुन लागेको राष्ट्रियस्तरको ४८ घण्टे ‘लुम्बिनी एक्स ह्याकाथन २०८३’ मा वेस्टर्न मेगा कलेज आधिकारिक सहयोग साझेदारका रूपमा जोडिएको छ । ढवाहास्थित वेस्टर्न मेगा कलेज र ह्याकाथनको आयोजक संस्था लुम्बिनी एलिटबीच ह्याकाथनका लागि औपचारिक सम्झौता भएको हो ।

सम्झौताअनुसार वेस्टर्न मेगा कलेजले ह्याकाथन सञ्चालनका लागि आवश्यक सहयोग तथा सहकार्य गर्नेछ । विद्यार्थीको प्राविधिक ज्ञानलाई व्यवहारमा उतार्दै उनीहरूमा नयाँ सोच, समस्या समाधान गर्ने क्षमता र नेतृत्व सीप विकास गर्ने उद्देश्यले आयोजना हुन लागेको कार्यक्रमसँग सहकार्य गर्न पाउँदा कलेज उत्साहित रहेको प्राचार्य अधिवक्ता किशु शर्माले बताए । उनका अनुसार ह्याकाथनमा सहभागी विद्यार्थीहरूले सीमित समयभित्र प्रविधिमा आधारित परियोजना तथा नवीन अवधारणा विकास गरी प्रस्तुत गर्नेछन् ।

कार्यक्रममा परियोजना विकास, प्रत्यक्ष प्रस्तुति, मूल्याङ्कन तथा उत्कृष्ट परियोजनालाई पुरस्कार वितरणलगायतका गतिविधि हुनेछन् । ‘आध्यात्मिकता र नवप्रवर्तनको संगम’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको ह्याकाथन साउन २३ देखि २५ गतेसम्म बुटवल–४, ड्राइभरटोलस्थित लुम्बिनी सिटी कलेजको सभाहलमा सञ्चालन हुनेछ । ४८ घण्टासम्म निरन्तर सञ्चालन हुने समूहआधारित ह्याकाथनमा सहभागी विद्यार्थी तथा युवा समूहले प्रविधिको प्रयोगमार्फत वास्तविक समस्या समाधान गर्ने नवीन उपाय तथा परियोजना तयार गर्ने आयोजकले जनाएको छ ।

कार्यक्रमले विद्यार्थीलाई कक्षाकोठामा सिकेको प्राविधिक ज्ञानलाई वास्तविक समस्या समाधानमा प्रयोग गर्ने अवसर प्रदान गर्नुका साथै सहकार्य, अनुसन्धान, सिर्जनशीलता र नेतृत्व क्षमताको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । वेस्टर्न मेगा कलेजले पछिल्लो समय उच्च शिक्षामा सूचना प्रविधि र व्यवस्थापन शिक्षालाई प्राथमिकता दिँदै आएको जनाएको छ । कलेजले विगत १३ वर्षदेखि स्नातक तहमा होटल व्यवस्थापन विषय अध्यापन गराउँदै आएको छ भने यसै वर्षदेखि सूचना प्रविधिमा स्नातक तहको चारवर्षे अध्ययन कार्यक्रमसमेत सुरु गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्