Spread the love

बुटवल, १९ साउन ।
वुटवल कालिकापथको इँटाभट्टी सडकछेउमा एउटा सानो तर आकर्षक पसल छ—एन्जल हेन्डमेड स्लिपर्स स्टोर । होचो र साँघुरो कोठामा सञ्चालित यो स्टोरभित्र काठका ¥याकहरू राखिएका छन् । ती ¥याकमा विभिन्न डिजाइन र रंगका हातले बनाइएका चप्पलहरू मिलाएर सजाइएका छन् । बाहिरबाट सामान्य देखिने यो सानो पसलभित्र भने मेहनत, सीप र सिर्जनशीलताको कथा भेटिन्छ । हातले बुनेर तयार पारिएका चप्पलहरूले स्टोरको आकर्षण बढाएका छन् । आशा शाही ठकुरी सिलाइ मेशिनमा चप्पलका सामग्रीहरु तयार गरिरहेकी भेटिन्छिन । शाहीले एक वषअघि यो स्टोर खोलेकी हुन । बजारको माग अनुसार चप्पल बनाउन उनलाई भ्याई नभ्याई छ ।

उनको यो यात्रा ३ वर्षअघिको तालिमबाट शुरु भएको हो । यही तालिमले उनलाई उद्यमशिलताको यात्रामा धकेल्यो । आत्मनिर्भर बन्दै अघि बढ्ने आँट जागेको उनि बताउछिन । “पहिले घरकै काम र मोबाईल हेरेर बस्थे ।’ –उनले भनिन । वडा कार्यालयमा संचालन भएको एक हप्ते चप्पल बनाउने तालिममा सहभागी भएपछि भने उनको दैनिकी फेरियो । ‘शुरुशुरुमा घरमै अभ्यास गर्थे । रहरका लागि घरमै चप्पल बनाए ।’– उनले भनिन । उनले बनाएका चप्पलहरु छरछिमेकमा समेत मन पराउने र किन्न लागे । थोरै भएपनि पैसा आउन लागेपछि भने उनलाई अझ सीप सिक्न मन लाग्यो । थोरै थोरै सामानहरु जोड्दै गइन । करीब दुई वर्षको सिकाई र अनुभवबाट उनले यो स्टोर खोले । ‘एक वर्षअघि पसल खोलेको हो ।’– उनले भनिन । बजारबाट आउने अर्डर अनुसार उनले फल्याट चप्पल, सेण्डिल, बेहुली जुत्ता, ककसुज बनाउछिन ।

एउटा सिलाइ मेशिन, जुत्ता तयार गर्ने फर्मा मुख्य औजार हुन । यसबाहेक लोकल बजारमा नै यसका कच्चा पदार्थहरु पाइने उनले बताईन । बिहान सबेरै घरको काम सकेर उनि आफनो स्टोरमा आउछिन । दिनभर जुत्ताहरु बनाउछिन । मेहनत र लगन गरे दैनिक ३ जोर चप्पल तयार हुने उनी बताउछिन । बजारमा पाईने रेडिमेट भन्दा टिकाउ र बलियो हुने हुदा चप्पलको माग धेरै रहेको उनि बताउछिन । उनि अहिले यो सीपलाई अन्य महिलाहरुलाई समेत सिकाउदै हिडछिन । शाहीजस्तै धेरै महिला अझै पनि घरायसी कामधन्दामै सीमित छन् । उनीहरूको सीप र श्रमलाई उद्यमसँग जोड्न सके आर्थिक रूपमा आत्मनिर्भर बनाउनुका साथै महिला सशक्तीकरणलाई समेत प्रभावकारी रूपमा अघि बढाउन सकिन्छ ।

भिडियो रिर्पोट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्