Spread the love

बुटवल, ३ असार ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जेठ महिनामा १८२ वटा विभिन्न अपराधका मुद्दा दर्ता गरेको छ । सो अवधिमा २४३ जना प्रतिवादी पक्राउ परेका छन् भने फरार रहेका ४६ जना प्रतिवादीलाई पक्राउ गरी ५२ लाख ६६ हजार ४१२ रुपैयाँ जरिवाना असुली तथा १६ वर्ष ५ महिना २५ दिन कैद सजाय कार्यान्वयन गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दले बताए ।

जेठ महिनामा ज्यान सम्बन्धी २३, आत्महत्या १४, चोरी ९, संगठित तथा आर्थिक अपराध ५९, सामाजिक अपराध ५२, महिला तथा बालबालिका सम्बन्धी अपराध १३ र सवारी सम्बन्धी १२ वटा मुद्दा दर्ता भएका छन् । आत्महत्यामध्ये १३ जनाले झुण्डिएर र एक जनाले विषादी सेवन गरेको तथ्यांकमा उल्लेख छ । आत्महत्या गर्नेमा ८ पुरुष र ६ महिला रहेका छन् ।

जेठ महिनामा नक्कली नोट छाप्ने गिरोह पक्राउ देखी घरेलु हिंसाका ९३ उजुरी दर्ता तथा लागूऔषध विरुद्ध अभियानहरु चलाईएको छ । जेठ महिनामा लागूऔषध सम्बन्धी १२ वटा मुद्दा दर्ता गरी १९ जनालाई पक्राउ गरेको छ । सो क्रममा २५२ एम्पुल डाइजोपाम, १४७ एम्पुल बुप्रेनोर्फिन, ५८ एम्पुल फेनारगन, २१ ग्रामभन्दा बढी ब्राउन सुगरजस्तो पदार्थ, ९ किलो ९४४ ग्राम गाँजा तथा ठूलो परिमाणमा क्याप्सुल बरामद गरिएको छ ।

यसैगरि विद्यालय केन्द्रित ४९ र समुदाय केन्द्रित १०४ गरी कुल १५३ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। लागूऔषध दुव्र्यसन, साइबर अपराध, बालविवाह, सडक सुरक्षा, घरेलु हिंसा तथा आत्महत्या रोकथाम लगायतका विषयमा ६ हजार ६ सयभन्दा बढी नागरिक र विद्यार्थी सहभागी भएका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्