Spread the love

सुनसरी,१ असार । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ मा भारतीय नम्बर प्लेटको स्कारपियो जीपबाट १०४ किलोभन्दा बढी गाँजा बरामद गरिएको छ ।

सोमबार बिहान करिब १ः ५५ बजे चतराबाट नडाहातर्फ आउँदै गरेको बीआर ३१ पी ६६५१ नम्बरको भारतीय स्कारपियो सडक छेउमा रहेको चिया पसलको टहरोमा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो ।

सोहि दुर्घटनाग्रस्त गाडीकोे जाँच गर्ने क्रममा लुकाइछिपाइ राखिएका चारवटा प्लास्टिकका बोराबाट १०४ किलो ८५५ ग्राम गाँजा फेला पारेको प्रहरीले जनाएको छ ।

बरामद गरिएको गाँजा र स्कारपियोलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगर, सुनसरीमा राखिएको प्रहरीले जनाएको छ । दुर्घटनापछि चालक फरार रहेकाले उनको खोजी कार्य जारी रहेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्