Spread the love

बुटवल, ३१ जेठ ।
पोखरा युनाईटेड एकेडेमी कास्की र न्यूटन हाई स्कुल बागमती बुटवलमा जारी मदन भण्डारी कप यू–१९ विद्यालय स्तरिय राष्ट्रिय छात्र भलिबल प्रतियोगिता २०८३ को फाईनलमा स्थान बनाएका छ । ‘सबैका लागि खेलकुद’ नारासहित जननेता मदन भण्डारीको ७५ औ जन्म जयन्तीको अवसरमा मदन भण्डारी स्र्पोटस एकेडेमीको आयोजनामा आईतबार भएको पहिलो सेमीफाईनलमा पोखरा युनाईटेडले मणिमुकुन्द कलेजलाई ३–० तथा दोस्रो सेमीफाईनलमा न्यूटन कलेज काठमाण्डौले न्यू होराईजन स्कुल बुटवललाई ३–० कै सोझो सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेका हुन ।

उपाधिका लागि फाईनल खेल सोमबार दिउसो हुने एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले बताए । यसैगरि तेस्रो स्थानको खेल समेत सोमबार दिउसो नै हुने छ ।

न्यू होराईजन खेलमैदानमा भएको पहिलो सेमीफाईनलमा पोखराले मणिमुकुन्दलाई २५–१४, २५–१८, २५–१८ को सोझो सेटमा पराजित गरेको हो । यसैगरि दोस्रो सेमीफाईनलमा न्यूटनले न्यू होराईजनलाई २५–१७, २५–१५, २६–२४ को सोझो सेटमा पराजित गरेको हो ।

प्रतियोगिताको विजेता टिमलाई नगद १ लाख रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक राम केसीले बताए । यसैगरि उपविजेता टिमलाई ५० हजार, तृतिय टिमलाई ३० हजार, चौथौ टिमलाई नगद १५ हजार रुपैयाबाट पुरस्कृत गरिने छ । यसैगरि विधागत रुपमा सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार रुपैया तथा उत्कृष्ट खेलाडी, स्पाईकर, सेटर, ब्लकर, डिफेन्सलाई ५ हजार रुपैया, ट्रफीबाट पुरस्कृत गरिने छ । प्रतियोगितामा ८ टिमले भाग लिएका थिए ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्