Spread the love

बुटवल, २१ जेठ ।
काठमाण्डौमा विहिबार शुरु भएको चौथो राष्ट्रिय डोरी तान प्रतियोगिताको लिग चरणको खेलमा लुम्बिनीले शानदार जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको छ । लुम्बिनीले सेमीफाईनलमा विभागिय टिम नेपाल पुलिससंग शुक्रबार प्रतिस्प्रर्धा गर्ने छ । यसैगरि दोस्रो सेमीफाईनलमा कोशी र विभागिय टिम शसस्त्र प्रहरी बलको एपीएफ खेल्ने छ ।

लुम्बिनीले लिग चरणको पहिलो खेलमा मधेस प्रदेशलाई २–०, दोस्रो खेलमा बागमतीलाई २–०, तेस्रो खेलमा नेपाल पुलिससंग १–१, चौथो खेलमा एपीएफलाई २–० को सोझो सेटमा पराजित गरेको हो । नेपाल खेलकुद महासंघ रुपन्देहीको आयोजनामा गत हप्ता बुटवलमा सम्पन्न डोरी तान प्रतियोगिताको विजेता टिम फिजिकल फिटनेशले नै प्रदेशको प्रतिनिधित्व गरेको छ । लुम्बिनी टिममा सागर बश्याल, निरज केसी, प्रतिक पन्थ, सुरेश पेमी, सन्देश श्रेष्ठ, समिर रसाईली, दिनेश क्षेत्री, सोनु अनुराग सिह, विश्व ज्ञवाली खेलाडीहरु रहेका छन । यसैगरि टिम कोचमा मनोज सिह रहेका छन ।

प्रतियोगितामा ३ विभागिय सहित सात प्रदेशको गरि १० टिमको प्रतिस्प्रर्धा हुने भनिएपनि विभागिय टिम नेपाल आर्मी, गण्डकी, सुदुरपश्चिम भने अन्तिम समयमा सहभागी भएन । पहिलो दिन २१ खेलहरु सम्पन्न भएका छन । प्रतियोगिताको विजेता टिमले नगद १ लाख रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत हुने छ ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्