बुटवल, २२ जेठ ।
काठमाण्डौमा सम्पन्न चौथो राष्ट्रिय डोरी तान प्रतियोगितामा लुम्बिनी प्रदेश च्याम्पियन बन्न सफल भएको छ । शुक्रबार भएको फाईनलमा विभागिय टिम शसस्त्र प्रहरी बलको एपीएफ क्लबलाई २–१ को सेटमा पराजित गर्दै लुम्बिनीले उपाधि चुमेको हो । उपाधिसंगै लुम्बिनीले नगद १ लाख रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो । उपविजेता एपीएफ भने नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो ।
नेपाल खेलकुद महासंघ रुपन्देहीको आयोजनामा बुटवलमा भएको डोरी तान प्रतियोगितामा विजेता टिम फिजिकल फिटनेशले नै प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय स्तरमा सफलता हासिल गरेको हो । लुम्बिनी टिममा सागर बश्याल, निरज केसी, प्रतिक पन्थ, सुरेश पेमी, सन्देश श्रेष्ठ, समिर रसाईली, दिनेश क्षेत्री, सोनु अनुराग सिह, विश्व ज्ञवाली खेलाडीहरु रहेका छन । यसैगरि टिम कोचमा मनोज सिह रहेका थिए ।
प्रतियोगितामा ३ विभागिय सहित सात प्रदेशको गरि १० टिमको प्रतिस्प्रर्धा हुने भनिएपनि विभागिय टिम नेपाल आर्मी, गण्डकी, सुदुरपश्चिम भने अन्तिम समयमा सहभागी भएन ।





















