बुटवल, २१ जेठ ।
तराईमा उखरमाउलो गर्मी छ । तामक्रम ४० डिग्रि माथि लाग्दै गर्दा प्रकृति र सितलता दुबै पाईने छिमेकी जिल्ला पाल्पाका धेरै पर्यटकिय स्थलमा पर्यटकको राम्रो भिड पाउछौ । त्यसैमध्येको एक हो पाल्पाको ढोलीमारा होमस्टे । यहाको सेवा सत्कार र बसाईमा रमाउने धेरै पाउछौ । सिद्धार्थ राजमार्गको आर्यभन्ज्याङ देखी पूर्व पाल्पामा पर्ने ढोलीमारा पर्यापर्यटनको आर्कषण बनेको छ । प्राकृतिक सौन्दर्य, हावापानी र शान्त वातावरणले धेरै पर्यटकहरुलाई लोभ्याउछ ।
नेपाल मुद्रण ब्यवसायी महासंघका अध्यक्ष विष्णु प्रसाद तिवारीले शान्त र रमणिय ठाउमा संस्थाको कार्ययोजना गर्दा उपलब्धिमुलक हुने बताउछन । शहरदेखी केही दुरीमा राखिएको यस्ता कार्यक्रमबाट सहभागीमा स्थितरता हुने हुदा कार्यक्रम प्रभावकारी बन्ने उनको दाबी छ ।
दुई कार्यकाल गाउपालिकामा जनप्रतिनिधि रहेका निर बहादुर सारुले ढोलीमारालाई बिसं २०७५ सालमा पर्यटन गाउ बनाउने सोच अघि सारेका थिए । स्थानिय गाउलेहरुको सहयोगमा उनले पर्यटकिय क्षेत्र र पर्यापर्यटनको न्यूनतम आधार विकास गर्न लागे । हाल उनि पूर्वखोला गाउपालिका वडा नं. २ का वडा अध्यक्ष समेत रहेका छन । लामो तयारीका बिच करीब ३७ रोपनीमा किबी खेती, झाडी नै झाडी भएको चुलीडाडा सौन्दर्यीकरण, स्काई ब्रिज, कबुलियत बनमा अम्रिसो खेती गरिदै आएको छ ।
एक घर एक टनेलको अवधारणसहित गाउमा कृषि उत्पादन, हरिया सब्जी, लोकल कुखुरा, बोका लगायत ब्यवसायिक कृषि गरिएको छ । होमस्टेमा आउने पाहुनालाई रमाईलो स्वागतसंगै अर्गानिक खानाका स्वाद पस्कने गरिन्छ । उनिहरु सिस्नेको रोटी, अचार, मासुका परिकारमा रमाउने गर्दछन । स्थापनाको छोटोसमयमा नै होमस्टेमा पर्यटकको आर्कषण बढेको
ढोलीमारा होमस्टेका अध्यक्ष पहलसिह मगर बताउछन । होमस्टेको विकास क्रमसंगै अब साघुरो घेराबाट हटाएर लैजानुपर्ने देखिन्छ । अधिकासले भौतिक पूर्वाधारको चरण पूरा गरेका छन । अब आफनो पहिचान गराउने, खानबस्न मात्र नभई पर्यटकलाई आर्कषण गर्ने, भुलाउने र वनस्पतिहरु चिनाउने गरि उद्यान निमार्ण गर्न जरुरी रहेको राष्ट्रिय उद्यान महासंघका अध्यक्ष खेम प्रसाद लुईटेलको सुझाव छ ।
पछिल्लोसमय संघसंस्थाहरुले आफनो संस्थाको कार्ययोजना बैठकलाई संस्कृतिका रुपमा विकास गर्दै गएका छन । वर्षदिनको योजना बनाउने, गर्मी छल्ने रुपमा यस्ता गन्त्ब्य उपयुक्त स्थल बनेको छ । कृषि पर्यटनको नमुनाका रुपमा पाल्पाको ढोलीमाराले पहिचान बनाएको छ ।
भिडियो रिर्पोट





















