बुटवल, ३ चैत ।
चलचित्र पत्रकार संघ नेपाल, रूपन्देहीको सातौ साधारण सभा तथा चौथो अधिवेसनबाट कृष्ण भण्डारीको अध्यक्षतामा १३ सदस्यीय नया कार्यसमिति सर्वसम्मत चयन भएको छ । मंगलबार बुटवलमा भएको अधिवेसनबाट उपाध्यक्ष कल्पना डुम्रे, सचिव प्रकाश पाण्डे, सह–सचिव राजिव भुसाल, कोषाध्यक्ष मनोज क्षेत्री तथा सदस्यहरू रमेश पराजुली, हरिलाल बस्याल, कल्पना घिमिरे, शारदा शाही, यमुना जिसि, सुदिप गौतम, निर्मल एसपी मगर र सागर भण्डारी निर्वाचित भएका हुन ।
अधिवेसनको उद्घाटन गर्दै चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समिर बलामीले चलचित्र पत्रकारहरुको हकहित, पेशागत संरक्षण तथा नेपाली चलचित्रको प्रवद्र्धन र नेपाली चलचित्रलाई उद्योगको रुपमा स्थापित गराउने मान्यता अगाडि सारेर सोही अनुसारका गतिविधिहरु सञ्चालन गरिहेको बताए । उनले चैतको १० गतेसम्म जिल्ला तथा प्रदेशको अधिवेशन सक्ने तथा बैशाख ५ गते केन्द्रीय अधिवेशनको मिति तय गरिएको बताए ।
नवनिर्वाचित कार्यसमितिका पदाधिकारी सदस्यलाई मंगलबार नै प्रमाणपत्र प्रदान गरिनुको साथै सपथ ग्रहण गराईएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपाल, संघका सल्लाहकारहरु सुमनरश्मी श्रेष्ठ, मनिश पन्थ, उपाध्यक्ष दिनेश श्रेष्ठ, सहसचिव कल्पना डुम्रेले विजनेश हवको रुपमा विकास भएको रुपन्देहीलाई चलचित्र क्षेत्रबाट आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने उल्लेख गरे । कार्यक्रममा संघका अध्यक्ष मोहन न्यौपानेले संस्थाको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष राजिव भुसालले आर्थिक प्रतिवेदन पेस गरेका थिए ।



















