Spread the love

बुटवल, २२ जेठ ।
एम्स कलेज बुटवलमा बिबिएस विधार्थीहरुको स्वागत तथा बिदाई कार्यक्रम गरिएको छ । कलेजको क्यास टिम बिबिएस प्रथम, दितिय, तृतिय र चौथो वर्षका विधार्थीहरुको आयोजनामा शुक्रबार योगिकुटीमा विशेष कार्यक्रम गरेको हो ।

एक कार्यक्रमको कलेजका अध्यक्ष मनोहरी बश्यालले उद्घाटन गर्दै कलेज शैक्षिक क्षेत्रमा आफनो बेग्लै पहिचानसहित निरन्तर दक्ष जनशक्ति उत्पादन गर्दै आएको बताए ।

कार्यक्रममा कलेजका प्राचार्य दिपक ढकाल, विधालयका प्रशासन प्रमुख राजु भण्डारी, कलेजका संस्थापक गोपाल प्रसाद न्यौपानेले बिबिएस तहका विभिन्न वर्षहरूमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कृत गरे । पुरस्कृत हुनेमा बिबिएस प्रथम वर्ष २०८० मा प्रथम प्रिया अग्रहरी, 
द्वितीय दिपिका भण्डारी, 
तृतीय मनीषा अधिकारी रहेका थिए । यसैगरि बीबीएस प्रथम वर्ष २०८१ मा प्रथम रक्षा गुरुङ, द्वितीय अंकिता थापा र 
तृतीय छमिना राना, यसैगरि बीबीएस दोस्रो वर्ष २०८० मा प्रिया अग्रहरी र रितिका गौतम रहेका थिए ।

यसैगरि बिबिएस तेस्रो वर्षमा प्रथम सुश्मिता खत्री र रिया क्षेत्री, दोस्रो कृति अधिकारी र तृतिय प्रतिभा अर्याल रहेका थिए ।
कार्यक्रममा कलेजका प्राचार्य दिपक ढकालले ब्यवस्थापन विषयमा यस क्षेत्रकै उत्कृष्ट कलेजका रुपमा रहेको दाबी गरे ।
कार्यक्रममा क्यासका अध्यक्ष सुसान्त न्यौपाने कलेजको निरन्तर चल्ने शैक्षिक यात्रामा सिकाईको एउटा पाटाका रुपमा रहेको बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्