बुटवल, २१ वैशाख ।
नृत्यकर्मी संघ नेपाल रुपन्देहीको चौथो साधारण सभा तथा दोस्रो अधिवेसनबाट प्रीयन्का थापाको अध्यक्षतामा सर्वसम्मत नया नेतृत्व चयन गरेको छ । आईतबार बुटवलमा सम्पन्न अधिवेसनबाट संस्थाको उपाध्यक्ष हिमाल थापा, सचिब पुनम थापा, सह–सचिब युवराज जर्घा मगर, कोषाध्यक्ष दुर्गा राना, सह–कोषाध्यक्ष शान्ता थापा, सदस्यहरु रोशन गुरुङ्ग, रोहन थापा, पुर्णिमा पुन, शान्ता थापा, रवि थापा, ज्ञानु गुरुङ्ग रहेका छन ।
कार्यक्रमको उद्घाटन गर्दै प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरि पाण्डेयले उद्घाटन गर्दै नृत्य बालबालिकाको सिकाइृमा उपयोगी हुने बताए । बालबालिकाहरुलार्इृ आफनो कला, संस्कृति सिक्ने, सिकाउने र चिन्ने अवसरका रुपमा नृत्य धेरै उपयोगी रहेको उनले बताए । धेरै विद्यालयहरुमा नृत्य कक्षालाई पाठ्यक्रममा राखिदा यसबाट भविष्यमा यससम्बन्धी रुचि भएका बालबालिकाहरुलाई मद्यत मिलेको उनको दाबी छ ।
कार्यक्रममा नेपाल औषधी ब्यवसायी संघ रुपन्देहीका उपाध्यक्ष नारायण थापा, नृत्य निर्देशक संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष सुन्दर गुरुङ, संघका संस्थापक अध्यक्ष अनु रजकले नया नेतृत्वलाई रचनात्मक योजनाहरु सहित अघि बढ्न सुझाव दिए ।



















