Spread the love

तिलोत्तमा, २२ जेठ ।
विश्व वातावरण दिवसमा विभिन्न संघसंस्थाहरुले वृक्षारोपण कार्यक्रम गरिरहेको बेला तिलोत्तमा व्यापार संघ रुपन्देहीले भने लगाईएको बिरुवाको संरक्षण तथा अन्तरक्रिया गरिएको छ । तिलोत्तमा नगरपालिका–८ स्थित करहिया सामुदायिक वन उपभोक्ता समूहको परिसरमा लगाइएका पलासका बोटबिरुवामा गोडमेल तथा अन्तरक्रिया गरि दिवस मनाएको हो ।

कार्यक्रममा पलासका बिरुवाको संरक्षण, वृक्षारोपणको महत्व तथा वातावरणीय सन्तुलन कायम राख्न सामूहिक प्रयास आवश्यकका बारेमा तिलोत्तमा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलले बताए । वातावरण संरक्षण अहिलेको प्रमुख आवश्यकता भएको भन्दै उनले बढ्दो प्रदूषण र जलवायु परिवर्तनका चुनौतीलाई सामना गर्न वृक्षारोपण मात्र नभई रोपिएका बिरुवाको संरक्षणमा समेत ध्यान दिनुपर्ने उल्लेख गरे । स्थानीय तहले वातावरणमैत्री कार्यक्रमलाई प्राथमिकता दिइरहेको बताउँदै उनले यस्ता अभियानलाई निरन्तरता दिन सबैलाई आग्रह गरे ।

करहिया सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हरिलाल पाण्डेले वन क्षेत्र जैविक विविधता संरक्षणको महत्वपूर्ण आधार भएको बताए । उनले पलासलगायत स्थानीय प्रजातिका बिरुवाको संरक्षणले वातावरणीय सन्तुलन कायम राख्न सहयोग पुग्ने उल्लेख गर्दै सामुदायिक वनले वातावरण संरक्षणका गतिविधिलाई निरन्तर अघि बढाइरहेको जानकारी दिए ।

संघका प्रमुख सल्लाहकार एवं रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकालले वातावरण संरक्षण सरकारी निकाय वा कुनै एक संस्थाको मात्र दायित्व नभई सम्पूर्ण समाजको साझा जिम्मेवारी भएको बताए । उनले व्यावसायिक क्षेत्रले पनि सामाजिक उत्तरदायित्व अन्तर्गत वातावरण संरक्षणमा सक्रिय भूमिका खेल्नुपर्ने धारणा राखे ।

तिलोत्तमा व्यापार संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेले संघले स्थापना कालदेखि नै सामाजिक तथा वातावरणीय गतिविधिलाई प्राथमिकतामा राख्दै आएको बताए । विश्व वातावरण दिवसको अवसरमा गरिएको गोडमेल तथा मलजल कार्यक्रमले रोपिएका बिरुवाको संरक्षणमा सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरे ।

संघका प्रथम उपाध्यक्ष मानबहादुर बर्मा, महासचिव चेतनारायण विश्वकर्माले वातावरणीय सन्तुलन कायम राख्न हरियाली विस्तार अपरिहार्य रहेको उल्लेख गरे ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्