Spread the love

बुटवल, १५ जेठ ।
नेपाली चलचित्र ‘मित ज्यू’ का कलाकार तथा निर्देशकसंग बुटवलमा सम्बाद कार्यक्रम गरिएको छ । रागश्री संगितालयको ब्यवस्थापन, नेपाल चलचित्र पत्रकार संघ रुपन्देही र मगर चलचित्रकर्मी संघको सहकार्यमा बिहिबार बुटवलमा गरिएको कार्यक्रममा चलचित्रका निर्देशक अनिल बुढा मगरले पहिलोपटक चलचित्रको प्रचारमा हिडेको बताए । ‘यसअघिका कुनै पनि फिल्म प्रचारप्रसारमा म हिडिन ।’– उनले भने ।

मल्टिपल लेयरमा बनेको चलचित्रको बारेमा बुझाउन आफु हिड्न परेको उनले बताए । ‘पहिलोपटक ठाउठाउमा फिल्मबारे बुझाउन हिडेको छु ।’– उनले भने । दर्शकलाई एकैपटकमा फिल्मको भाव बुझन कठिन हुने उनको तर्क छ । जेन्जी आन्दोलन अघिको आर्थिक, सामाजिक अवस्था र त्यसपछिको अवस्थाको बारेमा फिल्मले बुझाउन खोजेको उनको दाबी छ । पहिलोपल्ट ट्राई गरेको र यसमा जोखिम हुदा बुझाउन हिडनुपरेको उनले बताए । यो फिल्म आफै भिलेन आफै हिरोको क्यारेक्टरका रुपमा देखाउन खोजेको उनले बताए ।

पहिलोपटक चलचित्रमा नायिका बनेकी टेरिया फौजामगर आफनो ठाउमा पुग्दा धेरै खुशी र इमोशन भएको बताईन । ‘आफनै घर आएको अनुभव भएको छ ।’–उनले भनिन । कला केन्द्रका बच्चाहरु देख्दा आफनो बाल्यकालको स्मरण भएको बताउदै लामो यात्राको क्रममा आफनै गाउठाउबाट टाढा रहनुपरेको उनले बताए । फर्केर आफनो यात्रा हेर्दा सबैको मायाको मुल्य बुझ्न सफल भएको बताईन ।

डान्सको नया परिचय दिने काम टेरियाले गरिन । –सेन्चुरी

कार्यक्रममा रागश्रीका संचालक सुरेश सेन्चुरीले नेपाली चलचित्र क्षेत्रलाई ठेयटरका कलाकारहरुबाट कमब्याक गराएको दाबी गरे । दयाहाङ राई, सौगात मल्ल जस्ता कलाकारहरुका कारण पछिल्लो पुस्तामा नेपाली चलचित्रप्रति आर्कषण भएको उनि बताउछन । कुनै बेला फिल्म बनाउने भुत चढ्दा आफुले पनि धेरै पैसा डुबाएको स्मरण उनले गरे । डान्सको नया परिचय दिने काम टेरियाले गरेको उनी बताउछन । ‘डान्समा पनि ईज्जत, सम्मान छ भन्ने उदाहरण पेश भयो ।’– उनले भने । टेरियाको सफलतासंगै धेरै अभिभावकहरु आफनो बच्चाहरुलाई उनिजस्तै बनाउने होड चलेको उनले स्मरण गरे । ‘३ सय बढी बच्चाहरु भर्ना गर्न आए ।’– उनले भने ।

टेरिया र उनको परिवारबाट गरेको योगदानकै कारण सफलता हासिल गरेको उनले दाबी गरे । सफलताका लागि बहाना बनाउने भन्दा माथि मेहनत, निरन्तरता जरुरी रहने उनले बताए । डिआईडि विजेता बनेपछि धेरै अफरहरु आएको भएपनि अध्ययनलाई जोड दिनु सकारात्मक भएको बताए ।

समग्र नेपाली कला, साहित्य र चलचित्रबारे दर्शकको बुझाई बुझने यात्रामा छौ । –नायक राई

कार्यक्रममा चलचित्रका नायक दयाहाङ राईले बुटवल धेरै पटक आएको भएपनि बसाई अवधि धेरै छोटो रहने गरेको बताए । नेपालका धेरै भुभागहरु घुम्दा त्यहाको प्राकृतिक, सास्कृतिक र विविधतालाई नजिकबाट महसुस गर्ने अवसर पाउने गरेको उनले बताए । सिनेमाप्रतिको दर्शकको रुचि बुझने गरि सम्बाद गर्न पाउदा धेरै खुशी भएको उनले बताए । हामी कलाकारहरु एक किसिमको चलचित्र गरिहेका छौ । जुन चाहि आफनै कथाहरु आफनै्र शैलीमा भन्ने कोशिश गरिरहेका छौ । उनले भने । यसैक्रममा मितज्यू फिल्म पनि एउटा बाचेको समयको कथा भएको बताए ।

जेनजी आन्दोलनभन्दा अघिको राजनीतिक र सामाजिक अवस्था कस्तो थियो र हामी कसरी बाचेका थियौ भन्ने देखाउने गरि यो फिल्म बनेको उनले बताए । केवल एउटा फिल्मभन्दा पनि समग्र नेपाली कला, साहित्य र चलचित्रको लागि पनि यात्रा थालेको उनले बताए । चलचित्रका कलाकार खड्ग बहादुर पुनले आफनो जन्म गाउको कथालाई चलचित्रमार्फत देखाउन पाउदा धेरै खुशी भएको बताए ।

What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्