बुटवल , ८ चैत । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर २ जना भारतीय किशोर बेपत्ता भएका छन् । आइतबार दिउँसो पौडी खेल्ने क्रममा उनीहरु डुबेर बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी (डिएसपी) होमप्रकाश चौधरीका अनुसार वेपत्ता हुने भारतको सन्तविरनगर स्थायी घर भएका १७ वर्षीय अमान असन्सारी र १७ वर्षकै फरान अन्सारी रहेका छन् । बेपत्ता दुबै जनाको खोजि कार्य जारी रहेको सूचना अधिकारी चौधरीले बताए ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1























