बुटवल, ८ चैत ।
नेपाल ब्यायाम मन्दिरका क्षितिज थापाले मिस्टर रामपिथेकस २०८२ को उपाधि चुमेका छन । शनिबार अबेर बुटवलमा सम्पन्न ‘मिष्टर रामापिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन तथा महिला फिजिक्स प्रतियोगिता २०८२’ मा ७० केजी तौल समुहबाट विजेता रहदै थापाले ओभरअल टाइटल चुम्न सफल भए । उपाधिसंगै थापाले नगद २ लाखसहित आर्कषक ट्रफि हात पारेका छन ।
बुटवल उपमहानगरपालिका सरंक्षकत्व, लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिटनेश संघ र रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघको संयुक्त आयोजना भएको प्रतियोगिताको ५५ केजी समूहतर्फ लुम्बिनी प्रदेश (रुपन्देही) को शितलनगर फिट एण्ड जिमका सुनिल आले प्रथम हुन सफल भए । त्यस्तै, किंग्स अफ फिटनेसका सागर बीके (रुपन्देही) दोस्रो र फिट २४ फिटनेसका अर्जुन भट्ट (सुदूरपश्चिम) तृतीय भए ।
यसैगरि ६० केजी समूहमा बागमती प्रदेश (भक्तपुर) का सुरेश दुवाल (ट्रान्क्विलिटी स्पा)े स्वर्ण पदक जिते । लुम्बिनीका राजेन्द्र सुनार (फिटनेस टाइम) दोस्रो र कोशी प्रदेशका धर्मराज खापुङ (बी एण्ड एल फिटनेस सेन्टर) तेस्रो भए ।
६५ केजी समूहमा लुम्बिनी प्रदेश (रुपन्देही) का नमराज डुम्रे (भुमही जिम एण्ड फिटनेस) प्रथम स्थान प्राप्त गरे । डायनास्टी फिटनेसका योगेश गुरुङ (रुपन्देही) दोस्रो र डिभाइन फिजिकल फिटनेसका नामगेल लामा (बागमती) तेस्रो स्थानमा रहे ।
७० केजी समूह तर्फ लुम्बिनीका माधव सुवेदी (मिशाका फिटनेस) पहिलो भए । त्यस्तै अल्टीमेट जिमका अनिश रसाइली (लुम्बिनी) दोस्रो र पावरफुल फिजिकल फिटनेसका सुसन श्रेष्ठ (बागमती) तेस्रो भए ।
७० केजी माथिको समूह तर्फ बागमती प्रदेश (काठमाडौं) को नेपाल व्यायाम मन्दिरका छितिज थापा प्रथम भए । प्लाटिनम जिमका दीपजंग रोका मगर दोस्रो र फिटनेस मन्त्रका सुरज डंगोल तेस्रो स्थानमा रहे । समूह गतमा प्रथम, द्धितीय र तृतीय हुनेले क्रमशः १५ हजार, १० हजार र ५ हजारसहित मेडल र प्रमाणपत्र पाए । प्रतियोगिता विभिन्न तौल ६ समूहमा ७० जना खेलाडीहरूले सहभागीता जनाएका थिए ।
यसैगरि महिला एथ्लेक्ट फिजिक तर्फ बागमती प्रदेश (काठमाडौं) की शिला ठकुरी (डिभाइन फिजिकल फिटनेस) ले उपाधि जितिन् । उनले नगद ३० हजारसहित ट्रफि हात पारिन् । यस्तै लुम्बिनी प्रदेश (रुपन्देही) की चुन कुमारी पुन (भलु भैरव जिम) दोस्रो र रविना कुँवर (शितलनगर फिट एण्ड जिम) तेस्रो भइन् । उनीहरुले क्रमशः १५ हजार र ५ हजारसहित मेडल र प्रमाण पत्र पाए ।
एक समारोहका बिच नगर खेलकुद बिकास समिति बुटवलका संयोजक बोनिन पिया, लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिटनेश संघका अध्यक्ष सितुप्रसाद श्रेष्ठ, नेपाल शारीरिक सुगठत तथा फिटनेस सघका सचिव दिनेश राजभण्डारीले विजेता, उपविजेताहरुलाई पुरस्कार प्रदान गरे ।
लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिटनेश संघका अध्यक्ष सितुप्रसाद श्रेष्ठले प्रतियोगिता खेल कार्यक्रम मात्रै नभई बुटवलको एतिहासिक पहिचान, लुम्बिनीको गौरव र नेपाली खेलकुद विकासलाई एकै साथ जोड्ने गरि कार्यक्रम गरिएको बताए ।
प्रतियोगिताको शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवल उपमहानगरपालिका खेलकुदको विकासका लागि निरन्तर रुपमा अघि बढेको बताए । प्रतियोगितामा मुख्य निर्णायकको रुपमा प्रतापकाजी बरिया, अन्तराष्ट्रिय निर्णायक केशवबहादुर शाक्य, अनिल लाल श्रेष्ठ, बरिष्ठ निर्णायक शिवध्वज राई देवान, राष्ट्रिय निर्णायक श्याम श्रेष्ठ, राष्ट्रिय निर्णायक राजकुमार श्रेष्ठ, राष्ट्रिय निर्णायक सुरज श्रेष्ठ, मार्शल सजिब क्षेत्री, मनोज गिरि, शिशिर श्रेष्ठ रहेका थिए ।






















